काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।
यो समाचार तयार पार्दासम्म प्रतिऔँस सुनको १ हजार ९५२ डलरमा कारोबार भइरहेको छ। मार्चमा सुन न्यून मूल्य १९३६.५९ डलरमा कारोबार भएको थियो।
अमेरिकामा कर्जाको संकट गहिरिँदै जाँदा डलर कमजोर बनेको छ। यदि डेट सिलिङ (कर्जाको सीमा) नबढाउने अमेरिका डिफल्ट हुने सम्भावना पनि उत्तिकै बढेको छ।
योसँगै लगानीकर्ता सुरक्षित लगानीकर्ताका लागि सुनतर्फ आकर्षित भएका छन्। यही कारणले सुनको माग बढ्दा अन्तर्राष्ट्रिय बजारमा भाउ पनि उकालो लागेको हो।
उता भारतको मुम्बईस्थित केडिया कमोडिटिजका निर्देशक अजय केडियाका अनुसार चीन र भारतको अनिश्चित अर्थतन्त्रका कारण पनि सुनको मूल्य बढ्न थालेको बताएका छन्। ‘आउँदो जुन महिनासम्म सुनको भाउ प्रतिऔँस २ हजार डलरसम्म पुग्न सक्छ’, उनले भने, ‘योसँगै चाँदी, पित्तलजस्ता अन्य धातुको मूल्य पनि बढ्दै जानेछ।’ –एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago