काठमाण्डौ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक– एनआईसीसीआई दिवस–२०२३ को घोषणा गरिएको छ। 

यस अवसरमा पहिलो संस्करणको न्युजलेटर अनावरण गरिएको छ। यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआईसीसीआईको प्रतिबद्धता छ। 

कार्यक्रममा इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रमुख अतिथिको आथित्य ग्रहण गरी प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिँदै यस अवसरको महत्वलाई अझ प्रगाढ बताए। 

एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार एनआईसीसीआई दिवस–२०२३ ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर पनि प्रदान गरेको छ। 

यो कार्यक्रम उत्सव र आत्म निरीक्षणको प्रतीक थियो र सहभागीले उपलब्धि र उज्ज्वल भविष्यका लागि उनले कामना गरे। कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको छ।

बैठकमा इटालीका लागि नेपालका महावाणिज्य दूत प्रतिमा राणा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै एनआईसीसीआईका अध्यक्ष अग्रवाललाई बधाइ ज्ञापनका साथै पहिलो संस्करणको न्युजलेटरका लागि बधाइ तथा शुभकामना व्यक्त गरिन्। 

नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले विगतमा सफलतापूर्वक सम्पन्न भएका कार्यक्रमहरु साथै भविष्यका भावी योजनाहरुलाई इंगित गर्दै स्वागत मन्तव्य व्यक्त गरे।