काठमाण्डौ । हिन्डेनबर्गको निशानामा फेरि अर्को कम्पनी परेको छ।
नाथन एन्डरसनद्वारा सञ्चालित हिन्डेनबर्ग रिसर्चको निशानामा पर्ने कम्पनी हो, टिंगो ग्रुप। यसरी यो वर्ष हिन्डेनबर्गको निशानामा पर्ने टिंगो ग्रुप चौथो कम्पनी हो।
डिन्डेनबर्गले मंगलबार टिंगो ग्रुपमा भइरहेको आर्थिक घोटालाको खुलासा गरेको थियो। यो खुलासापछि पछिल्लो २० घन्टाको अवधिमा टिंगो ग्रुपको सेयरभाउ सुनामी नै आएको छ। यति ठूलो गिरावट अडानी समूहको कुनै पनि कम्पनीको सेयरमा देखिएको थिएन।
हिन्डनबर्गले जब कुनै कम्पनीका बारेमा खुलासा गर्छ तब उसले एकपछि अर्को ट्विट गर्दछ। जसमा कम्पनीका गल्तीहरु देखाइन्छ।
यसपटक हिन्डनबर्गले टिंगो ग्रुपका संस्थापक डोजी मोबुओसीविरुद्ध गम्भीर आरोप लगाएका छन्। हिन्डनबर्गले टिंगो ग्रुपको वित्तीय अवस्थामाथि प्रश्न उठाउँदै आर्थिक घोटाला भएको दाबी गरेको छ।
त्यसपछि टिंगो ग्रुपको सेयरभाउमा भारी गिरावट आएको हो। यो ग्रुपको सेयरभाउ ८० प्रतिशतभन्दा बढीले घटेको छ।
टिंगो एउटा एग्री फिनेटक कम्पनी हो। यसकोे संस्थापक डोजी मोन्बोसी रहेका छन्। मोन्बोसीमाथि हिन्डनबर्गले धेरै गम्भीर आरोप लगाएको छ । टिंगो ग्रुपले अफ्रिका, दक्षिण–पूर्वी एसिया र मध्यपूर्वमा आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ। यो ग्रुपले विशेषगरी नाइजेरियामा खेती र खाद्य प्रशोधन व्यवसायमा केन्द्रित मोबाइल प्रविधि र भुक्तानी व्यवसाय सञ्चालन गर्दछ।
हिन्डनबर्गका अनुसार संस्थापक मोम्बोसीले नाइजेरियाको पहिलो मोबाइल पेमेन्ट एप बनाएको दाबी गरे पनि त्यो नक्कली हो। हिन्डनबर्गले आफूले यो एपको वास्तविक निर्मातालाई सम्पर्क गरेको र डोजी मोम्बोसीको दाबीलाई अस्वीकार गरेको छ। यसरी टिंगोले लगानीकर्तालाई झुट बोलेर भ्रमित गरेको हिन्डनबर्गको दाबी छ।
टिंगो ग्रुपले मोबाइल ह्यान्डसेट लिज, कल र डाटा ब्यापारबाट गत वर्ष १२८ मिलियन डलर आम्दानी गरेको दाबी गरेको थियो। यी सेवा नाइजेरियाको एयरटेलसँगको सम्झौताबाट उपलब्ध गराइएको कम्पनीले जनाएको छ। तर, हिन्डनबर्गले आफ्नो प्रतिवेदनमा एयरटेल अफ्रिकाले एयरटेल नाइजेरियाको टिंगो मोबाइलसँग कुनै व्यापारिक सम्बन्ध नभएको दाबी गरेको छ। जब कि टिंगोले आफ्नो मोबाइल व्यवसाय एयरटेलसँगको सम्झौताअनुसार चलिरहेको दाबी गरेको छ।
सन् २०२३ को सुरुमा हिन्डनबर्गले अडानी समूह, ट्विटरका सहसंस्थापक ज्याक डोर्सीको ब्लक इन्क र कार्ल इकानको प्रमुख फर्म इकान इन्टरप्राइजेजलाई निशाना बनाएको थियो। हिन्डनबर्गको रिपोर्टपछि गौतम अडानीको सम्पत्तिमा भारी गिरावट आएको थियो। –एजेन्सी
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago