काठमाण्डौ । दोस्रो स्टक डिलरका रुपमा पुँजीबजारमा भित्रिन लागेको नबिल सेक्युरिटिजले एनबीबीएल सेक्युरिटिजलाई प्राप्ति गरेर आउँदो असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।
नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्टक डिलर सञ्चालनका लागि लाइसेन्स पाइसकेको छ। अब यो कम्पनीले नेप्सेबाट कारोबार सदस्यता पाएपछि स्टक डिलरका रुपमा काम गर्नेछ।
एनबिबिएल सेक्युरिटिजलाई प्राप्ति गरी नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। दुवै कम्पनीको गत जेठ १२ गते सम्पन्न विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेको थियो।
यी दुवै कम्पनीको प्राप्ति प्रक्रियालाई कम्पनी रजिस्ट्रार कार्यालयबाट जेठ २२ गते अन्तिम स्वीकृति दिएको थियो। यी दुवै कम्पनी १ः१ सेयर स्वापमा गाभिएका हुन्।
एनबीबीएल सेक्युरिटिज तत्कालीन नेपाल बंगलादेश बैंकको सहायक कम्पनी थियो। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि एनबीबीएल नबिल सेक्युरिटिजले प्राप्ति गरेको हो।
15 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago