काठमाण्डौ । माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ।
केएफसी आउटलेट दिव्यानी इन्टरनेसनल नेपाल प्रालिबाट सञ्चालित रहेको छ। जसअन्तर्गत केएफसी, क्रिमबेल, पिज्ज हट आउटलेटहरु सञ्चालनमा छन्। सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले दिव्यानी इन्टरनेसनल नेपालमा आबद्ध भएका केएफसी, क्रिमबेल, पिज्जा हट आउटलेटहरुमार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकको विभिन्न डिजिटल माध्यमबाट जस्तै क्यूआर वा पीओएस (पीओएस मेसिन)मार्फत डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढीमा रु. १८०) सम्मको क्यासब्याक पाउन सक्नेछन्।
बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना यही जेठ २५ गतेदेखि असार २६ गतेसम्म प्रदान गरिनेछ।
बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरु सञ्चालन गरिरहेको छ।
यसरी नै माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार–व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ। यस प्रकारको सम्झौताले गर्दा ग्राहकलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आइरहेको छ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०४ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
10 minutes ago
23 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago