काठमाण्डौ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन बनेको छ।
सोलुखुम्बुको लाम्जुरा पहाड क्षेत्रबाट सम्पर्कविहीन बनेको हो। बेपत्ता हेलिकोप्टर ५ विदेशी र एक नेपाली रहेका छन्। हेलिकोप्टर पाइलट टेकबहादुर गुरुङ रहेका छन्।
सम्पर्कविहीन बनेको हेलिकोप्टरको खोजीका लागि प्रहरी परिचालन गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले भने। ‘अहिलेसम्म हेलिकोप्टरको अवस्थाबारे जानकारी प्राप्त भएको छैन’, उनले भने।
सोलुखुम्बुकी लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले भने लामजुराडाँडामा हेलिकोप्टर दुर्घटनामा परेको खबर आएको बताएकी छन्। ‘त्यहाँका एक होटेल सञ्चालकले हेलिकोप्टर दुर्घटनामा परेको मोबाइलबाट फोन गरेर जानकारी गराएका छन्’, उनले बिजशालासँग भनिन्, ‘यसबारे जिल्लामा खबर गरेकी छन्। थप जानकारी आएको छैन।’
9 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago