काठमाण्डौ । सामसङले काठमाण्डौ कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ।
आज अगस्ट १ देखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं सीईओ जोङ बुम पार्कले गरेका हुन्। नेपालका लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर सञ्चालनमा ल्याइएको हो।
यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ। जसले गर्दा उपभोक्ताहरुले आफूले खरिद गर्न चाहेको मोबाइलका बारेमा व्यापक विविधता प्राप्त गर्ने सुविधाले उनीहरुलाई खरिदको निर्णय गर्न सहज हुनेछ।
यो ब्रान्ड स्टोरले ग्राहकलाई उत्कृष्ट उपभोक्ता अनुभव दिलाउनेछ। ग्राहकले यहाँ सामसङको सम्पूर्ण सिरिजका स्मार्टफोन, त्यससँग आबद्ध इकोसिस्टम जस्तैः ग्यालेक्सी बड्स र ग्यालेक्सी स्मार्ट वाच, ट्याब्लेट, सामसङ मोनिटर, सामसङ उपकरण र सामसङ टेलिभिजनसमेत हेर्न र त्यसको अनुभव लिन सक्नेछन्।
स्टोरमा गेमिङमा अभिरुचि राख्ने आजका युवालाई लक्षित गरेर प्रिमियम सामसङ मोनिटरहरु राखिएको एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको छ। स्टोरमा ग्राहकले सामसङका उत्पादनहरुलाई सविस्तार महसुस गर्न सक्नेछन् र आफ्नो रोजाइअनुसारको सामान सजिलै खरिद गर्न सक्नेछन्।
स्टोरमा आउने ग्राहकले सामसङ इन्स्टा फाइनान्सबाट पनि लाभ लिन सक्नेछन्। सामसङ इन्स्टा फाइनान्स एक झन्भटरहित मासिक किस्तामा शून्य प्रतिशत ब्याजदर भएको तत्काल फाइनान्सिङ सुविधा हो। यसले ग्राहकलाई सहज कर्जा सुविधा प्रदान गर्दछ। जसले गर्दा ग्राहकले सजिलोसँग सामसङको सामान खरिीद गर्न वा न्यूनतम मूल्यमा आफ्नो रोजाइको स्मार्ट फोनमा अपग्रेड गर्न सक्नेछन्।
यस प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोरले ग्राहकलाई प्रिमियम अनुभव दिलाउने पूरा विश्वास छ।
18 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago