काठमाण्डौ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधि बैंकले ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २६.९३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा ६९ करोड १५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८६ करोड ४८ लाख रुपैयाँमा सीमित थियो। सञ्चालन मुनाफा पनि २०.०४ प्रतिशतले घटेको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।
बैंकको रिजर्भको आकार ३६.३६ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ७ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकले ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.९८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.३१ प्रतिशत थियो।
खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ५० करोड ३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज २८ करोड ४१ लाख रुपैयाँ थियो।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १३.१४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.७८ रुपैयाँ थियो। ईपीएस ३०.०३ प्रतिशतले घटेको छ।
पीई रेसियो २४.८८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.४६ रुपैयाँ रहेको छ।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
21 hours ago
22 hours ago