काठमाण्डौ । सहकारी विभागले समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ।
विभागले मंगलबार एक सूचना जारी गर्दै समस्याग्रस्त सहकारी संस्थाहरुको विवरण सार्वजनिक गरेको छ। विभागले २०७४ सालदेखि २०८० साउनसम्म समस्याग्रस्त घोषित १३ वटा सहकारी नामावली सार्वजनिक गरेको छ।
विभागले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी २०७५ सालमा ९ वटा सहकारी एकैदिन असार १८ गते समस्याग्रस्त घाषणा गरिएको पाइएको छ। २०७५ फागुन १९ गते पनि विभागले एउटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो।
विभागले २०७४ कात्तिक २० गते ओरेन्टल को–ओपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो। पछिल्लोपटक भने गत साउन १ गते विभागले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago