काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको मंगलबार (भदौ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.३० प्रतिशतले हुन आउने १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने ७ करोड १८ लाख ८९ रुपैयाँबराबरको नगद लाभांश छन्।
माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ति गर्न र यससम्बन्धी निर्णय गर्न तथा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृृति गर्नेछ। सोही आर्थिक वर्षको सहायक कम्पनीहरु माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले आउँदो असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
5 minutes ago
20 minutes ago
42 minutes ago
1 hour ago
55 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago