काठमाण्डौ । भीषण बाढीका कारण देश रोइरहेको बेला बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले टेस्ला एयरकण्डिसनले राहात प्याकेज घोषणा गरेको छ ।

विशेषगरी पूर्वी नेपालमा बाढीबाट लाखौं मानिस प्रभावित भएपछि टेस्लाले सो क्षेत्रका पीडितहरुको घाउमा मल्हम लगाउन राहात प्याकेज घोषणा गरेको हो । ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको टेस्लाले स्थानीय संघसंस्थाहरुलाई समन्वय गर्न आग्रह गरेको छ । 

बास्तविक बाढीपीडित समक्ष राहात पुर्याउन टेस्लाले स्थानीय संघसंस्थाहरुलाई सम्पर्क गर्न आग्रह गरेको हो । टेस्ला एयरकण्डिसनका प्रवन्धक निर्देशक किरण आचार्यले राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय संघसंस्थाहरुसंग समन्वय गरी काम गर्न खोजिएको बताए । 

उनले भने–“राहातका लागि ५० हजार रुपैयाँ छुट्याएका छौं, राहात लक्षित वर्गमा पुर्याउन एउटा संस्थालाई १० हजार रुपैयाँसम्म प्रदान गर्नेछौं ।”

युवा व्यवसायी आचार्यले पूर्वी नेपालका जनता धेरै प्रभावित र कष्टकर जीवनयापन गरिरहेकोले त्यहाँका पीडितसमक्ष राहात लैजान टेस्ला लागि परेको बताए । 

टेस्ला एयरकण्डिसले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ । अहिले देशमा बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै टेस्लाले राहात प्याकेज घोषणा गरेको हो । टेस्लाका प्रवन्ध निर्देशक आचार्यले राहात स्वरुपको रकम थोरै भए पनि अरु मानिसहरुलाई सहयोग गर्न प्रेरणा मिलोस् भनेर राहात प्याकेजको सुरुवात गरिएको प्रष्ट्याए ।