काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गइरहेको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा मात्रै करिब सवा ३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।
कम्पनीले भदौ महिनामा मात्रै बीमितहरुबाट पर्न आएको दाबीबापत १ करोड ६४ लाख ९९ हजार ८०९ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले यसअघि साउन महिनामा कुल १ करोड ४९ लाख ७ हजार १६९ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको थियो।
चालु आर्थिक वर्षको दुई महिनामै कम्पनीले ३ करोड १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ। साउन महिनामा गरेको दाबी रकममा २२ वटा बीमालेखहरु रहेको थियो भने भदौ महिनाको दाबी रकममा २६ वटा बीमालेलखहरु रहेको कम्पनीले जनाएको छ।
दाबी परेको छोटो समयमा आफ्ना बीमितलाई झन्झटरहित सेवा प्रदान गर्ने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ। पछिल्लो समय कम्पनीले आफ्नो जीवन बीमा व्यवसायमा समेत उल्लेख्य प्रगति गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामै ५२ करोड ५९ लाख रुपैयाँ प्रिमियम भित्र्याएको थियो। जसमा प्रथम बीमा शुल्कबापत कम्पनीले १४ करोड ७ लाख र नवीकरण बीमाशुल्कबापत ३८ करोड ५२ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको थियो।
बीमा व्यवसायमा उत्कृष्ट प्रदर्शन गर्दै बीमितहरुको सेवा सुविधालाई समेत मध्यनजर गरी झन्झटरहित बीमा दाबी भुक्तानी प्रक्रियालाई अघि बढाउने कम्पनीले जनाएको छ।
17 minutes ago
41 minutes ago
51 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago