काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराउन कलेजहरुलाई आह्वान गरिएको छ।
नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो। विगतमा नेप्सेले दोस्रो बजार कारोबार सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले नेप्सेसँग अन्तर्क्रिया तथा अवलोकन भ्रमण गराउँदै आएको थियो।
यो वर्ष पनि असोज १७ गते ‘वर्ल्ड इन्भेस्ट विक–२०२३’अन्तर्गत यस किसिमको पहिलो कार्यक्रम गर्न लागिएको नेप्सेले जनाएको छ। त्यसका लागि इच्छुक कलेजले स्नातक तह व्वस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई समावेश गर्ने गरी नेप्सेमा निवेदन दिन सूचनामा आग्रह गरिएको छ।
यसका लागि असोज १२ गतेभित्र सम्पर्क व्यक्तिको नाम र सम्पर्क नम्बरसहित नेप्सेको [email protected] मा निवेदन दिन नेप्सेले सूचित गरेको छ।
13 minutes ago
23 minutes ago
38 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago