Nepal Chamber Of Commerce
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आकस्मिक विशेष वैठकले देशका विभिन्न भूभागमा आएको अविरल वर्षाले उत्पन्न भीषण बाढीपहिरोबाट पीडितहरुलाई रु एक करोड एक लाख बराबरको नगद एवं जिन्सी राहात प्रदान गर्ने निर्णय गरेको छ ।
दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहत पुर्याउन चेम्वरले २३ सदस्यीय डिजास्ट रिलिफ सेल गठन गरेको छ । सेलको संयोजकमा चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल एवं सहसंयोजकमा दीपक मलहोत्रा र किसन अग्रवाल रहेका छन् ।
बाढीपीडित परिवारलाई प्राथमिकताको आधारमा रोजगारीका लागि पनि पहल गर्ने निर्णय गरेको छ ।
बाढीपीडितलाई सहयोग गर्न इच्छुक दाताहरुलाई ग्लोबल आईएमई बैंक लिमिटेड कान्तिपथको खाता नं. ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको चेम्बरले जनाएको छ ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago