काठमाण्डौ । नेपाल राष्ट्रबैंकको सञ्चालक समितिको बैठक भोलि(बुधबार) बिहान बस्ने भएको छ ।
उच्च स्रोतकाअनुसार राष्ट्रबैंकले बुधबार बिहान ८ः३० बजेका लागि सञ्चालक समितिको बैठक बोलाएको हो ।
कतिपय नियमित अजेण्डाहरुको विषयमा छलफल गर्न भन्दै सञ्चालकहरुलाई बैठकमा बोलाइएको छ ।
बजारमा चर्चा भएजस्तो सेयर धितो कर्जाको १२ करोडको क्याप लगायतका विषय बैठकको अजेण्डाको सूचीमा समावेश छैन ।
राष्ट्रबैंकले सेयरधितो कर्जाको १२ करोडको क्यापसम्बन्धी व्यवस्थामा केन्द्रीत रही विज्ञसहितको एउटा टिमलाई नै परिचालन गरी अध्ययन गरिरहेको छ ।
केन्द्रीय बैंक नेतृत्व १२ करोडको क्याप हटाउँदा वा यसमा लचक नीति लिँदा आउनसक्ने प्रभावको विषयमा मिहीन अध्ययन गर्ने पक्षमा देखिएको छ । पर्याप्त अध्ययनबिना बजारको दवाबबाट मात्र नीतिगत परिवर्तन गर्दा त्यसको परिणाम नकारात्मक हुनसक्नेतर्फ केन्द्रीय बैंक यसपटक सतर्क देखिएको स्रोत बताउँछ ।
बजारमा चौतर्फी उठेजस्तो सेयरधितो कर्जामा लाग्दै आएको क्यापको विषयमा संसोधन गर्न आवश्यक छ भन्ने विषयमा गभर्नर महाप्रसाद अधिकारी सहमत भइसकेका छन् । तर, यसलाई कसरी संसोधन गर्ने भन्ने विषयमा भने कुनै निश्कर्ष निस्किसकेको छैन । अध्ययनपछि केही न केही उपाय निस्किने अपेक्षा गरिएको छ ।
‘मलाई लाग्छ भोलिको बोर्ड बैठकबाट नै सेयरधितो कर्जाको सीमा सम्बन्धी व्यवस्था परिवर्तन हुने, जोखिमभार कम लगायतको निर्णय हुने सम्भावना छैन।’ राष्ट्रबैंकका एक सञ्चालकले बिजशालासँग भने–‘यो विषयमा यति धेरै हतारो गर्नुपर्ने आवश्यकता पनि छैन । पर्याप्त अध्ययन चाहिन्छ ।’
केन्द्रीय बैंकस्थित अर्को एक उच्च स्रोतले भने सेयर धितो कर्जाको क्याप तथा जोखिमभार सम्बन्धी व्यवस्थाको विषयलाई एकीकृत निर्देशनमार्फत सम्बोधन गर्ने तयारी गरिएको बताएको छ । ‘असोजभित्रमा संसोधनसहितको एकीकृत निर्देशन जारी गर्ने र त्यसबाटै सेयर बजार लगायतका विषय सम्बोधन गर्ने नेतृत्वको योजना छ ।’ राष्ट्रबैंक स्रोतले भन्यो ।
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago
20 hours ago
21 hours ago
21 hours ago