काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मंगलबार माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गरेको १३.३० प्रतिशत लाभांश नेप्सेमा सूचीकृत गराएको हो।
कम्पनीको गत असोज १८ गते सम्पन्न साधारणसभाले १३.३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको छ ।
अब उक्त सेयर लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि खरिदबिक्री गर्न सक्नेछन् ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago