Nepal Chamber Of Commerce
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले केही दिनदेखि बजार अनुगमनका क्रममा व्यापार व्यवसायको कारोबारस्थल शिलबन्दी गरी बजारमा असहज स्थिति सिर्जना गरिएको भन्दै आपत्ति जनाएको छ ।
संस्थाका कार्यबाहक महासचिव निलकण्ठ चौलागाईले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै कानुनत व्यवसायमैत्री गरिने बजार अनुगमन स्वागतयोग्य रहे पनि बजारलाई व्यवस्थित पार्न, बजारको असहज परिस्थिति अन्त तथा बेथितिको अन्तको माग समेत गरेको छ । ‘तर अव्यवहारिक कालोबजारी ऐनको प्रयोगबाट पसलहरु शिलवन्दी गरिनु दुखद कुरा हो ।’ विज्ञप्तिमा भनिएको छ ।
दसैंजस्तो महान चाड नजिक आइरहेको अवस्थामा बजार व्यवस्थापनमा सरोकारवालाहरुको समेत संलग्नतामा सरकारले समन्वय गर्नुपर्नेमा त्यसको विपरीत निरन्तर आपूर्ति व्यवस्थामा अवरोध सिर्जना गरिएको एनसीसीको आरोप छ ।
मूल्य निर्धारण तथा बिलविजक जस्ता विषयमा राजश्व अनुसन्धानसँंग सम्बन्धित भए पनि आपूर्ति व्यवस्थापन विभागबाट पसल शिलबन्दी गरिनु अव्यवहारिक भएको भन्दै बजार यथाशिघ्र सुचारु गरी आपूर्ति सहज बनाउन आग्रह गरेको छ ।
आपूर्ति व्यवस्थापन विभागले केही दिनअघिदेखि दरबारमार्गका ब्राण्डेड पसलहरुमा अनुुगमन थालेको थियो । सो क्रममा १६ सय पर्ने जुत्तालाई १६ हजार मूल्य राखी बिक्री गरेको पाइएपछि र धेरै पसलमा यस्तो लुट देखिएको भन्दै शिलबन्दी गरिएको थियो । यो कदमको विरोधमा अन्य व्यवसायीले समेत आफ्नो पसल अनिश्चितकालका लागि बन्द गरेका छन् । व्यापारी पसल बन्द गरी अनुुगमनको विरोधमा उत्रिएकै बेला चेम्बर अफ कमर्सले समेत उनीहरुको पक्षमा विज्ञप्ति जारी गरेको हो ।
9 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago