काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो र अग्रणी कनफेक्सनरी(चकलेट) उत्पादक कम्पनी सुजल फूड्स प्रा.लि.ले काठमाण्डौको सिफलस्थित बाल संरक्षण गृह, बालमन्दिरको शाखामा आकर्षक बालबाटिका निर्माण गरिदिएको छ । एक समारोहका बीच ‘चोकोफन बालबाटिका’ नामक खेलमैदान उद्घाटन गरिएको छ । 

विगत १७ वर्षदेखि यस कम्पनीको उत्कृष्ट उत्पादन चोकोफन नेपालभरका बाल–बालिकामाझ लोकप्रिय छ । चोकोफनका कारण बालबालिकालाई खुशी बनाएको कम्पनीले “चोकोफन बाल–बाटिका”द्वारा बाल संरक्षण गृहमा आश्रित बाल–बालिकाहरुलाई खुशी बनाउन सहयोग गरेको बताइएको छ । 

“चोकोफन बाल–बाटिका” बाल संरक्षणगृह हाताभित्र सुन्दर ढङ्गले निर्माण गरिएको छ । यसक्रममा खेल सामाग्रीहरुः चिप्लेटी, ढिकी–च्याउ र पिङ् खेलमैदानमा जडान गरिएको छ । त्यस्तै मैदानसँगै जोडिएको पर्खालमा बाल–बालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ । 

खेल–मैदान विभिन्न रङ्गहरुको प्रयोग गरी कलात्मक ढङ्गले बारिएको छ, जसले गर्दा खेलमैदान अझै सुन्दर देखिएको छ । खेलमैदानमा बाल–बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुप दिन उच्च गुणस्तरको दुबो रोपिएको छ । खेल तथा अन्य निमार्ण सामाग्रीहरु छनौट गर्दा पनि बाल–बालिकाहरुको सुरक्षामैत्री होस् भनेर विशेष ध्यान दिइएको छ । खेलकुद बाल–बालिकाहरुको शारीरिक तथा मानसिक विकासका लागि अपरिहार्य छ । यस खेलमैदानबाट बाल संरक्षण गृहमा आश्रित बाल–बालिकाहरुले सिधै लाभ लिनुका साथै उनीहरुको विकासमा फाइदाजनक हुन्छ भनेर विश्वास गर्न सकिने कम्पनीले दाबी गरेको छ । 

सुजल फूड्सको उत्कृष्ट उत्पादन चोकोफनले वर्षौ देखि नेपालीहरुको मन जित्दै आएको छ । यसलाई सन् १९९९ मा पहिलो पटक बजारमा ल्याइएको थियो । लक्ष्मी ग्रुपअन्तर्गतको भातृसंस्था सुजल फू्ड्स प्रा.लि.ले विगत चार दशकदेखि उच्च गुणस्तरको चकलेटहरुको उत्पादन गर्दै आएकोले यस कम्पनी देशकै नं. १ कन्फेक्स्नरी कम्पनी बन्न सफल भएको छ । यस कम्पनिले अन्तरष्ट्रिय स्तरको वेफर, टफी, बबलगम्तथा स्टिक गम् उत्पादन गर्दै आएको छ ।