काठमाडाैँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा मञ्जुश्री फाइनान्स लिमिटेडको नाफामा सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको त्रैमासिक विवरण अनुसार गत वर्षको भन्दा ४९ प्रतिशतले नाफा बढेको देखिएको हो ।
 
फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा ५ करोड ४६ लाख ७८ हजार रुपैयाँ खुद आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा गरेको खुद नाफा ३ करोड ६५ लाख ७८ हजारभन्दा याे ४९ प्रतिशतले बढी हो ।
 
कम्पनीले ब्याज आम्दानीमा गरेको वृद्धिका कारण नाफामा पनि सुधार आएको देखिएको हो । समीक्षा अवधिमा कम्पनीले ४ करोड ८७ लाख ८८ हजार ५ सय रुपैया ब्याज आम्दानी गरेको थियो । यो गत वर्षको सोही अवधिका तुलनामा करीव ७० प्रतिशतले बढी हो । यसबाट कम्पनी सुधार उन्मुख रहको संकेत देखिएको छ ।
 
कम्पनीको जगेडा कोष पनि सबल बनाउँदै लगेको देखिएको छ । तस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १५ करोड २३ लाख ९६ हजार रुपैयाँ पु¥याएको छ । गत वर्ष कम्पनीमा ६४ लाख ७५ हजार रकम मात्र जगेडा कोषमा रहेको थियो । कम्पनीको चुक्ता पूजी ७२ करोड ४३ लाख पुगेको छ । 
 
यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण गरिएको) १० रुपैयाँ ६ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात १२ दशमलव ८२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय २१ रुपैयाँ ४५ पैसा रहेको छ । 
 
कम्पनीले खराब कर्जा अनुपातमा समेत केही सुधार गरेको छ । कूल कर्जाको करीव २ दशमलव १३ प्रतिशत खराब कर्जा रहेको छ । गत वर्ष २ दशमलव ७१ प्रतिशत खराब कर्जा रहेको थियो ।