काठमाण्डौ । पैसाको अगाडि कानूनले हारेको मुलुक हो नेपाल । कुस्त पैसा हुनेले कानूनलाई खरीद गरिदिने ल्याकत राख्छ यहाँ । नियम कानून कार्यान्वयन गर्ने निकायका जिम्मेवार कर्मचारीहरुलाई खरीद गर्ने ल्याकत राख्नेले खुलेआम कानून मिच्दै आफ्नो धन्दा संचालन गर्नु स्वभाविक नै भयो । पैसाको जोडबलमा केही वर्षअघि एउटा व्यापारिक घरानाले गैरकानूनी रुपमा ठड्याएको एक प्रतिष्ठत सपिङ मल संचालित भवन भत्काउनुपर्ने अवस्था भएपछि सो भवनसम्बन्धी फाइल नै काठमाण्डौ महानगरपालिकाबाट गायब पारिएको भेटिएको छ । फाइल गायब भएको ३ वर्ष बढी भइसक्दा समेत अहिलेसम्म त्यो बिषयमा खोजीका लागि नियामकहरुले चासो देखाएका छैनन् । 

अचम्म मान्नुभयो होला, काठमाण्डौ महानगरपालिकाको फाइल कसरी गायब भयो भनेर ? त्यहाँका केही कर्मचारीलाई करोडौं लगानीमा भवन बनाउनेहरुले पैसाले मुख थुनिदिएपछि यो काम संभव भएको स्रोत दाबी गर्छ । 

प्रसंग हो, न्यूरोडस्थित रञ्जना गल्लीमा केही वर्षअघि निर्मित रञ्जना ट्रेड सेन्टर संचालित भवनको  । यो भवन गैरकानूनी ढंगले निर्माण भएको हो । महानगरपालिकाको घरनक्सा फाँटबाट निर्माण इजाजत लिंदाका शर्त तथा नियमहरुलाई च्यातेर मनलागी ढंगले गैरकानूनी रुपमा महल ठड्याएपछि कारबाहीमा परिने डरले निर्माण इजाजत लगायतका प्रक्रियासँग सम्बन्धित कागजपत्र समेटिएको फाइल नै काठमाण्डौ महानगरपालिकाका कर्मचारीलाई किनेर गायब बनाइएको हो । 

काठमाण्डौ महानगरपालिकाको दर्ता चलानी पुस्तकमा यस्तो भेटियो । 

..................................................................................................................

महानगरपालिकाका केही कर्मचारीहरुका अनुसार नगर प्रहरीमा पानी बढुवा भई हालै डिएसपी भएका राजुनाथ पाण्डेले अख्तियारको नजरमा समेत रहेको एउटा फाइल गायब पार्न सहयोग गरेका हुन् । पाण्डेले रञ्जना ट्रेड सेन्टरका संचालकसँग मिलेर निकै नै महत्वपूर्ण फाइल गायब पारेका दाबी स्रोतको छ । 

अख्तियारमा उजुरी परेपछि अख्तियारले छानबिन थाल्यो, लहरो तान्दा पहरो थर्किने भएपछि निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कर्मचारीदेखि लिएर व्यवसायिक भवन निर्माण गर्ने मालिकहरु समेत एउटै खाल्डोमा पर्ने अवस्था थियो ।अख्तियारले प्रमाण भेट्याएर कारबाही गरे उनीहरुको करोडौं रुपैयाँ डूब्ने भयो, यहीकारण राम्रै खर्च गरेर यी सबै कारबाहीहरु रोक्ने, फाइल गायब पार्ने र प्रमाण नष्ट गर्ने काम भयो । यो भवन करिब साढे ४ अर्बमा बनेको हो । 

‘मिलेमतोमा फाइल गायब पारियो । यो काण्डा भएको धेरै भइसक्यो ।’ स्रोतले भन्यो–‘तर त्यो फाइल अझै पनि फिर्ता हुन सकेको छैन । फाइल गायब पार्नेलाई कारबाही पनि भएको छैन ।’ 

न्यूरोडको रञ्जना गल्लीमा निर्माणाधीन रञ्जना ट्रेड सेन्टरको व्यवसायिक भवन गैरकानूनी ढंगले निर्माण भएपछि कामपाका नक्सा शाखाका कर्मचारीहरुले लाखौंं रुपैयाँ घूस खाएर मापदण्ड विपरीत निर्माण सम्पन्न प्रमाणपत्र दिएका थिए । अरबौंको लगानी रहेको सो ट्रेड सेन्टरलाई गैरकानूनी ढंगले निर्माण सम्पन्न प्रमाणपत्र दिएपछि स्थानीयले त्यसको तीव्र विरोध गरेका थिए । सो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । 

‘अख्तियारमा उजुरी परेपछि अख्तियारले छानबिन थाल्यो, लहरो तान्दा पहरो थर्किने भएपछि निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कर्मचारीदेखि लिएर व्यवसायिक भवन निर्माण गर्ने मालिकहरु समेत एउटै खाल्डोमा पर्ने अवस्था थियो ।’ स्रोतले भन्यो–‘अख्तियारले प्रमाण भेट्याएर कारबाही गरे उनीहरुको करोडौं रुपैयाँ डूब्ने भयो, यहीकारण राम्रै खर्च गरेर यी सबै कारबाहीहरु रोक्ने, फाइल गायब पार्ने र प्रमाण नष्ट गर्ने काम भयो । यो भवन करिब साढे ४ अर्बमा बनेको हो ।’ 

काठमाण्डौ महानगरपालिकास्थित स्रोतका अनुसार नगर प्रहरीका डिएसपी पाण्डेले २०७० साल जेठ १७ गते कामनपाको मिसिल शाखाबाट ‘उक्त फाइल मेरो साथीको हो, त्यसको निर्माण सम्पन्न प्रमाणपत्रको एकपटक हेर्नुपर्ने भयो, म तुरुन्तै फिर्ता गर्छु’ भनी लगेका थिए । तर, उनले फाइल फिर्ता ल्याएनन्, गायब पारे । ‘पछि अरुले सोध्दा मैले ल्याएको थिएँ, कहाँ परेछ भनेर नाटक गरे ।’ एक कर्मचारीले भने–‘उनले फाइल फिर्ता गरेको कतै पनि दाखिला भएको छैन ।’ 

तत्कालीन शाखा अधिकृत दीपक अधिकारीको हातबाट पाण्डेले त्यो फाइल बुझेका थिए । ‘उनले फाइल लैजादा देख्ने ४ कर्मचारी अहिले पनि महानगरपालिकामै काम गरिरहेका छन् ।’ स्रोतले भन्यो–‘राम्रो छानबिन हुने हो भने उनीहरु यो सबै खेलको बिषयमा बयान दिन तयार छन् ।’ 

त्यसरी गायब बनाइएको फाइलको चलानी नम्बर हो २०३ क । महानगरपालिकाको रेकर्डमा सो फाइल पहलमान गुरुङ(ट्रेड सेन्टरको भवनका मालिकमध्येका एक) समेत ४ जनाको नाममा भनेर लेखिएको छ । फाइल बुझिलिने भनी राजु पाण्डे भनेर ढड्डामा देखिन्छ । 

तर, पाण्डेले फाइल लैजाँदा हस्ताक्षर भनेका गरेका छैनन् । ‘उसले एकैछिनमा ल्याइदिन्छु, केही कुरा हेर्नुछ भनेर लगेको थियो, तर अहिलेसम्म फिर्ता गरेन ।’–एक कर्मचारीले भने । 

करिब ३ महिनाअघि पाण्डे र फाइल गायब भएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको थियो । 

उजुरी परेपछि अख्तियारका अधिकारीहरुले नक्सा शाखा र मिसिल शाखामा छापा मारी नपाकै ३४२ नम्बरको एउटा पिकअप ट्रकमा फाइलहरु लोड गरी लिएर गएका थिए । तर, त्यही दिन फेरि अख्तियारको गेटबाटै रहस्यमय ढंगले कागजपत्रसहित त्यो ट्रक कामपा नै फिर्ता भएको थियो । अख्तियारका कर्मचारीहरुले त्यसपछिको २ दिनसम्म काठमाण्डौ महानगरपालिकाकै एक कोठामा बसेर छानबिन गरेका थिए । 

उजुरी परेपछि अख्तियारका अधिकारीहरुले नक्सा शाखा र मिसिल शाखामा छापा मारी नपाकै ३४२ नम्बरको एउटा पिकअप ट्रकमा फाइलहरु लोड गरी लिएर गएका थिए । तर, त्यही दिन फेरि अख्तियारको गेटबाटै रहस्यमय ढंगले कागजपत्रसहित त्यो ट्रक कामपा नै फिर्ता भएको थियो । अख्तियारका कर्मचारीहरुले त्यसपछिको २ दिनसम्म काठमाण्डौ महानगरपालिकाकै एक कोठामा बसेर छानबिन गरेका थिए । ‘तर यो सबै नाटक थियो ।’ एक कर्मचारीले दाबी गर्दै भने–‘अख्तियारको गेटबाटै कागजपत्रको गाडी कसरी फर्कियो ? यो निकै रहस्यमय भएको छ ।’ 

नाटककै लागि भए पनि खोजबिनमा जुटेका अख्तियारका कर्मचारीले रञ्जना ट्रेड सेन्टर संचालित भवनको फाइल २ दिनसम्म खोज्दा समेत नभेटेका बताएका थिए । तर, फाइल नै गायब भएको स्पष्ट रुपमा पत्ता लाग्दा समेत उनीहरुले त्यस बिषयमा थप चासो देखाउन उचित ठानेनन् । ‘महानगरपालिकाको फाइल नै गायब गर्नुजस्तो ठूलो भ्रष्टाचार के होला ?’ एक अर्का कर्मचारीले भने–‘तर अख्तियारले यो बिषयलाई त्यत्तिकै  छाडिदियो ।’ 

सो बेला नक्सा शाखाको इञ्चार्जको रुपमा इञ्जिनियर उत्तरकुमार रेग्मी थिए । रञ्जना ट्रेड टावरको भवनलाई महानगरपालिकाले निर्माण स्वीकृति दिएको थियो, तर प्राप्त स्वीकृति अनुसारको भवन चाहि निर्माण भएन । निर्माण इजाजतपत्र अनुसारको भवन नबनेपछि कारबाहीमा परिने र भवन नै भत्काउनुपर्ने डरले फाइल गायब पारी कर्मचारीलाई प्रभावमा राखेर निर्माण सम्पन्नको प्रमाणपत्र लिने काम भएको थियो । 

फाइल गायब बनाएको आरोप लागेका पाण्डेसँग यो बिषयमा प्रतिक्रिया लिन खोज्दा उनले आफू व्यस्त भएकोले प्रतिक्रिया दिन नसक्ने बताए । 

काठमाण्डौ महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले समेत फाइल गायब भएको बिषय आफूलाई थाहा नभएको दाबी गरे ।