काठमाण्डौ । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकबीच मर्जर हुने भएको छ । यी दुुई विकास बैंकले मर्जरको औपचारिक सम्झौता मंगलबार साँझसम्ममा गर्नेछन् । मर्जरपछि बन्ने संस्था चुक्तापूँजीको हिसाबले देशकै ठूलो विकास बैंक बन्ने बताइएको छ । 

स्रोतका अनुसार दुुई बैंकबीच १ बराबर १ को सेयर स्वाप रेसियोमा मर्जरमा जाने आन्तरिक सम्झौता भइसकेको छ । मर्जरपछि बन्ने संस्थाको नाम चाहि टुंगो लागिसकेको छैन । मर्जरपछि बन्ने विकास बैंकको चुक्तापूँजी २ अर्ब ६२ करोड भन्दा माथि पुुग्ने बताइएको छ । नेपाल राष्ट्रबैंकले आगामी असार मसान्तभित्र राष्ट्रिय स्तरको विकास बैंक बन्नलाई २ अर्ब ५० करोड चुक्तापूँजी हुर्नैपर्ने व्यवस्था गरेको छ । 

करिब ६ महिनाअघिदेखि महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्सबीच मर्ज भई महालक्ष्मी विकास बैंक अस्तित्वमा आएको थियो । यसैगरी, सन् २०१३ मा मनकामना विकास बैंक, यति फाइनान्स र भ्याली फाइनान्सबीच मर्जर भई यति डेभलपमेन्ट बैंकको जन्म भएको थियो ।