नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५% नाघ्यो
–रविन ठकुरी काठमाण्डौ । नेपालको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नजिक पुगेको छ । २०८३ असार मसान्तसम्ममा ३ खर्ब ८५ करोड थप बृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७४ अर्ब ९० करोड पुगेको हो । आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।२०८३ असार मसान्तसम्मको कुल सार्वजनिक ऋण दायित्व कुल गार्हस्थ उत्पादनको ४५.०७ प्रतिशत हुन...

