पैदल यात्री बस्ने सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालिएको हो, हटाइएको होइन–काठमाण्डौ महानगर
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सडक किनारा, पार्क र नदी करिडोरमा पैदल यात्रु बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम सुरु गरेको छ। यस अन्तर्गत जीर्ण, पुराना कुर्सीहरूको मर्मत, सम्भार र रंगरोगन गरिनेछ भने यात्रुको चाप अनुसार नयाँ कुर्सी थपिनेछ।

