विपद् व्यवस्थापनमा सरकार असफल भएको सांसदहरूको आरोप, प्राधिकरणकै औचित्यमाथि प्रश्न
काठमाण्डौ । भोटेकोशी बाढीपछिको उद्धार, राहत, बेपत्ताको खोजी र पुनर्वास व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको भन्दै सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लिमा अधिकारी र नीतिमा कार्कीले विपद् व्यवस्थापनका लागि छुट्टै निकाय, बजेट र जनशक्ति हुँदाहुँदै पनि पूर्वतयारीदेखि उद्धार र...

