रिलायबल नेपाल लाइफको ३.७१ करोड कित्ता सेयरको लक इन अवधि साउन समाप्त हुने
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लक इन अवधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरको लक इन अवधि साउन ३० गते समाप्त हुन लागेको हो ।

