कोशी प्रदेश सरकारको बजेट २ अर्बले बढ्ने, निम्न–मध्यम वर्गलाई लक्षित राहत कार्यक्रम बजेटमा समेटने तयारी
काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। यो बजेट चालू आर्थिक वर्षको तुलनामा झन्डै २ अर्ब रुपैयाँ बढी हुने आर्थिक मामिला तथा योजनामन्त्री विदूरकुमार लिङ्थेपले जानकारी दिएका छन्।

