२०२५ मा विदेशी पर्यटक आगमनमा वृद्धि, ११ लाख ५८ हजारभन्दा बढी नेपाल भित्रिए
काठमाण्डौ । सन् २०२५ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका छन्।सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यस आधारमा सन् २०२५ मा विदेशी पर्यटक आगमनमा सामान्य तर सकारात्मक वृद्धि देखिएको बोर्डले जनाएको छ।

