काठमाण्डौ । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका–९ स्थित बादलडाँडा नजिकको जङ्गलमा सम्पर्कविहीन भएका तीन युवक सकुशल फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१४ खसीबजार निवासी अजित जिसी, युकेश गुरुङ र करण लामा बिहीबार बिहान अन्नपूर्ण गाउँपालिका–११ को छुमरुङवेशी क्षेत्रमा सुरक्षित अवस्थामा भेटिएका हुन्।
बुधबार बिहान ८ बजेदेखि उनीहरूको मोबाइल फोन बन्द भएपछि परिवारले प्रहरीमा खोजीका लागि अनुरोध गरेका थिए। त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।