एनआईसी एशियाका ग्राहकलाई आईएमईका होटल र केबलकारमा १० प्रतिशत छुट
काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले आईएमई हस्पिटालिटीअन्तर्गत सञ्चालित होटल, रेस्टुरेन्ट तथा केबलकार सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।यससम्बन्धी समझदारीपत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजनलाल अमात्य र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरेका हुन्।

