शुक्रबार, मंसिर ४,२०८३ 10:10:28
  • शुक्रबार, मंसिर ४,२०८३ 10:10:28
Global IME Bank Limited

दमकको भाटभटेनी सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

Bizshala
दमकको भाटभटेनी सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने
New Office

काठमाडौं । झापाको दमकस्थित भाटभटेनी सुपरस्टोर भोलि  (शनिबार)देखि पुनः सञ्चालनमा आउने भएको छ। आगजनीबाट क्षति पुगेपछि बन्द रहेको स्टोर पुनर्निर्माण गरी नियमित सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले मंसिर ५ देखि स्टोरले नियमित सेवा दिने जानकारी दिए।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार ठूलो क्षति व्यहोर्नुपरे पनि कम्पनीले आफ्ना १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न दिएको छैन। आगजनीबाट पूर्ण रूपमा क्षति भएका स्टोरहरूको पुनर्निर्माणमा चौबीसै घण्टा काम गरेर ग्राहकलाई पुनः सेवा दिने प्रयास गरिएको उनले बताए।

कम्पनीले पुनः सञ्चालनमा आउने स्टोरबाट ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

पुनर्निर्माणमा सहयोग गर्ने कर्मचारी, शुभेच्छुक तथा ग्राहकप्रति आभार व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.