बिहीबार, मंसिर ३,२०८३ 04:49:53
  • बिहीबार, मंसिर ३,२०८३ 04:49:53
Global IME Bank Limited

सामसङ–एनसेलको अफरमा १२ महिनासम्म डेटा र भ्वाइस प्याक निःशुल्क

Bizshala
सामसङ–एनसेलको अफरमा १२ महिनासम्म डेटा र भ्वाइस प्याक निःशुल्क
New Office

काठमाण्डौ । सामसङ नेपाल र एनसेलले छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकलाई १२ महिनासम्म डेटा तथा भ्वाइस प्याक निःशुल्क उपलब्ध गराउने योजना ल्याएका छन्। यसअन्तर्गत ग्राहकले फोनको मोडल र योग्यताअनुसार एनसेलका छनोट गरिएका मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउन सक्नेछन्।

मोबाइल प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल कनेक्टिभिटीको पहुँच विस्तार गर्न दुई कम्पनीले सहकार्य थप सुदृढ गरेका हुन्। सहकार्यअन्तर्गत ग्राहकलाई एक्सचेन्ज सुविधा, थप वारेन्टी र सहज किस्ताबन्दीमा स्मार्टफोन खरिदका विकल्पसमेत उपलब्ध गराइने जनाइएको छ।

टुजीबाट फोरजीमा अपग्रेड गर्ने अभियानअन्तर्गत ग्राहकले जुनसुकै टुजी डिभाइस साटेर सामसङको फोरजी स्मार्टफोन खरिद गर्दा ५ हजार रुपैयाँसम्मको एक्सचेन्ज सुविधा पाउन सक्नेछन्। यससँगै न्यूनतम १ हजार २२१ रुपैयाँको मासिक किस्ताको विकल्पसमेत रहेको कम्पनीले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

महँगा तथा उन्नत सुविधायुक्त स्मार्टफोन खरिद सहज बनाउन सामसङले हुलास फिन सर्भसँगको सहकार्यमा छनोट गरिएका फ्ल्यागशिप फोनमा ३६ महिनासम्मको किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ। मासिक किस्ता ५ हजार १०६ रुपैयाँदेखि सुरु हुने यस योजनाले फोल्डेबल फोन खरिद गर्न चाहने ग्राहकलाई सहज हुने कम्पनीको भनाइ छ। सामसङका विभिन्न स्मार्टफोनमा २४ महिनासम्मको किस्ताबन्दी विकल्प पनि उपलब्ध छ।

त्यस्तै, छनोट गरिएका ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोनमा अपग्रेड गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन्। योग्य ग्यालेक्सी जेड र एस सिरिजका ग्राहकलाई थप एक वर्षको वारेन्टीसमेत उपलब्ध गराइनेछ।

सामसङले ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमार्फत एआई सुविधाको पहुँच थप ग्राहकसम्म विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले एआईको पहुँच विस्तार, फोल्डेबल प्रविधिमा सहज पहुँच र किफायती फोरजी अपग्रेडमार्फत समावेशी डिजिटल प्रणाली निर्माणमा सहयोग गर्ने उद्देश्य रहेको बताए।

यसैबीच, सामसङले विद्युतीय फोहोरको जिम्मेवार व्यवस्थापनका लागि CypherBlk सँग सहकार्य गर्ने तयारी गरेको छ। आगामी सहकार्यअन्तर्गत प्रयोग भइसकेका विद्युतीय उपकरणको सङ्कलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ। यस्तो सेवा सामसङका सेवा केन्द्र र छनोट गरिएका ब्रान्ड स्टोरमार्फत उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.