बुधबार, मंसिर २,२०८३ 07:15:48
  • बुधबार, मंसिर २,२०८३ 07:15:48
Global IME Bank Limited

आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

Bizshala
आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त
New Office

काठमाण्डौ । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। समूहका विभिन्न व्यवसायबीच रणनीतिक सहकार्य विस्तार गर्ने जिम्मेवारीसहित खड्कालाई उक्त पदमा नियुक्त गरिएको हो।

नवनियुक्त खड्काले आईएमई समूहअन्तर्गतका कम्पनीहरूको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण सञ्जाललाई एकीकृत गर्दै व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु अभिवृद्धि गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

यसका साथै नयाँ सेवा तथा साझेदारी विकास, ग्राहक अनुभव सुधार र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तार गर्ने कार्यलाई प्राथमिकता दिनेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग विभिन्न क्षेत्रमा १५ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ। उनी यसअघि डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहिसकेका छन्।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले खड्काको नियुक्तिले समूहका कम्पनीहरूलाई थप सुदृढ बनाउनुका साथै डिजिटल रूपान्तरण र नयाँ व्यावसायिक अवसर सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Garima Development Bank
Bizshala
IME remit

नवनियुक्त खड्काले समूहका प्राथमिकता र सरोकारवालासँगको सहकार्यमार्फत ठोस नतिजा हासिल गर्न आफ्नो ध्यान केन्द्रित रहने बताएका छन्।

आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ, बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन, आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्दै आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.