भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपको १० करोड सहयोग
काठमाडौं, भदौ १३ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ।ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने जनाएको छ। सहयोग रकम आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका विभिन्न कम्पनीको संयुक्त...

