Bizshala
  • शनिबार, भाद्र १३,२०८३ 08:21:38
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपको १० करोड सहयोग

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपको १० करोड सहयोग
New Office

काठमाडौं, भदौ १३ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने जनाएको छ। सहयोग रकम आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका विभिन्न कम्पनीको संयुक्त योगदानबाट जुटाइनेछ।

Bizshala
CG Motors

सहयोग अभियानमा ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स तथा साझेदार कम्पनी अशोक लेल्यान्ड सहभागी हुनेछन्। त्यस्तै, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार र आइएमई फाउन्डेसनलगायतका संस्थाले पनि योगदान गर्ने ग्रुपले जनाएको छ।

आइएमई ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीले समेत आफ्नो एक दिनको तलबबराबरको रकम बाढीपीडितका लागि उपलब्ध गराउने भएका छन्।

विपद्का बेला विदेशमा रहेका नेपाली तथा अन्य सहयोगीले सहज रूपमा रकम पठाउन सकून् भन्ने उद्देश्यले आइएमईले संसारभरबाट नेपालमा आउने सहयोग रकममा निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको छ। ‘खल्ती बाइ आइएमई’ मोबाइल वालेटबाट पनि कुनै शुल्क नतिरी सीधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

आइएमई फाउन्डेसनको समन्वयमा प्रभावित क्षेत्रमा थप राहत सामग्री तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत ग्रुपले जनाएको छ।

ग्रुपका अनुसार सहयोग रकम बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउन र बाढीले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणमा सहयोग पुग्ने गरी प्रदान गर्न लागिएको हो।

आइएमई ग्रुपले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। उद्धार, राहत तथा पुनर्स्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति पनि ग्रुपले कृतज्ञता व्यक्त गरेको छ।

यसअघि पनि देशका विभिन्न भागमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीका समयमा आइएमई ग्रुपले आर्थिक, भौतिक र मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.