आईतवार, मंसिर १३,२०८३ 08:25:50
  • आईतवार, मंसिर १३,२०८३ 08:25:50
Global IME Bank Limited

ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ को उपाधि अश्माङ्क कार्कीलाई, महिलातर्फ अञ्जिला योञ्जन विजेता

Bizshala
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६ को उपाधि अश्माङ्क कार्कीलाई, महिलातर्फ अञ्जिला योञ्जन विजेता
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको प्रायोजनमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।

गोकर्ण गल्फ क्लबमा सम्पन्न दुईदिने प्रतियोगितामा १० ह्यान्डिक्यापमा खेलेका कार्कीले ४२ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन्।

उपाधिसँगै कार्कीले ट्रफी, चन्द्रागिरि हिल्सको प्रेसिडेन्सियल सुइटमा एक रातको बसाइ, डिशहोम फाइबर इन्टरनेटको एक वर्षको सब्सक्रिप्सन तथा च्याम्पियनलाई प्रदान गरिने प्रतिष्ठित ‘ब्लु ज्याकेट’ प्राप्त गरेका छन्।

प्रतियोगितामा ३८ अंक जोडेका ब्रिगेडियर जनरल सुभाषजंग थापा काउन्टब्याकका आधारमा उपविजेता बनेका छन्।

महिलातर्फ ३५ अंकसहित अञ्जिला योञ्जन विजेता बन्दा ३३ अंक जोड्ने तारा कार्की चित्रकार उपविजेता बनिन्।

त्यस्तै, कूटनीतिक नियोगका गल्फरहरूको विधामा कर्णेल भी. सुब्रमण्यम र ६० वर्षमाथिको सिनियर विधामा तेन्डी शेर्पाले उपाधि जितेका छन्।

प्रतियोगिताको पहिलो दिनको ट्रफी ३८ अंकसहित ऋषि अग्रवालले हात पारेका छन्।

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

लङ्गेस्ट ड्राइभतर्फ पहिलो दिन स्वप्निल भट्टराई र दोस्रो दिन विज्ञान राणा विजेता बने। क्लोजेस्ट टु द पिन अवार्ड पहिलो दिन वाङ्चेन ढोन्डुप र दोस्रो दिन तुलसी भट्टले जिते।

यसैगरी, मोस्ट बर्डिज अर्थात् बर्डी मास्टर अवार्ड पहिलो दिन टाशी डोङ र दोस्रो दिन संगम केसीले प्राप्त गरे।

प्रतियोगिताको पाँचौँ होलमा ‘होल इन वान’ गरेका गौरव शाहले विशेष पुरस्कार प्राप्त गरे। तर दसौँ होलमा पुरस्कारका रूपमा राखिएको स्कोडा कोडियाक कार भने कसैले जित्न सकेनन्।

थ्री–क्वार्टर ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा पहिलो दिन ९५ र दोस्रो दिन ८० गरी कुल १७५ गल्फरको सहभागिता रहेको थियो।

विजेताहरूलाई प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कार वितरण गरेका थिए।

अन्य विधाका विजेताहरूले समेत चन्द्रागिरि हिल्समा एक रातको बसाइ र डिशहोम फाइबर इन्टरनेटको एक वर्षको प्याकेज प्राप्त गरेका छन्।

ग्लोबल आइएमई बैंकले हाल मुलुकका सबै ७७ जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशस्थित तीनवटा प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले हालै भिसा इन्टरनेसनलबाट ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ गरी दुई विधामा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको थियो।

त्यस्तै, बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार तीन वर्ष ‘बेस्ट बैंक नेपाल’ को उपाधिसमेत प्राप्त गरेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.