चालु वर्षको ८ महिनामा बैंकहरुको नाफा: नविल, ग्लोबल र इन्भेष्टमेन्ट मेगाबीच कडा टक्कर
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा केही वाणिज्य बैंकहरुबीच नाफामा कडा टक्कर देखिएको छ। नेपाल राष्ट्रबैंकले केहीबेरअघि प्रकाशित गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार नाफा आर्जनमा नविल, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच कडा टक्कर देखिएको हो ।