सोमबार, श्रावण १८,२०८३ 03:19:46
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:19:46
Bizshala
Global IME Bank Limited

ग्लोबल फाइनान्स म्यागजिनद्वारा ग्लोबल आइएमईलाई लगातार दोश्रोपटक 'नेपालको उत्कृष्ट बैंक'को सम्मान

ग्लोबल फाइनान्स म्यागजिनद्वारा ग्लोबल आइएमईलाई लगातार दोश्रोपटक 'नेपालको उत्कृष्ट बैंक'को सम्मान
New Office

काठमाण्डौ ।ग्लोबल आइएमई बैंक लिमिटेडलाई ग्लोबल फाइनान्स म्यागजिनले 'बेस्ट बैंक इन नेपाल २०२५' को सम्मान प्रदान गरेको छ। यो पुरस्कार अमेरिकाको वासिङ्टन डीसीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मीले ग्रहण गरेका छन्।

बैंकका डेपुटी सीईओ सुमन पोखरेलले सामाजिक सञ्जालमार्फत यो उपलब्धि साझा गर्दै बैंकको सफलताको श्रेय कर्मचारी, सञ्चालक समिति, ग्राहकको विश्वास, सेयरहोल्डर र स्टेकहोल्डरको समर्थन र नियामक निकायको मार्गदर्शनलाई दिएका छन्। उनले भने, "यो सम्मान त्यसबेला प्राप्त भएको छ, जब बैंकिङ क्षेत्र जटिल आर्थिक परिवर्तन, विकसित नियमहरू र ग्राहकको बढ्दो अपेक्षाहरूको चुनौतीपूर्ण वातावरणबाट गुज्रिरहेको छ। यस्ता क्षणहरूले हाम्रो लचिलोपन, नवप्रवर्तन र सहकार्य नै साँचो भिन्नता ल्याउने कारक हुन् भन्ने विश्वासलाई पुनः पुष्टि गर्छ।"

ग्लोबल आइएमई बैंकले सन् २०२४ मा पनि यो सम्मान प्राप्त गरेको थियो। लगातार दोस्रो वर्ष यो पुरस्कार प्राप्त गर्नुले बैंकको उत्कृष्टता, नवप्रवर्तन र सबै सरोकारवालाहरूका लागि मूल्य सिर्जना गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

नेपालको बैंकिङ क्षेत्रमा ग्लोबल आइएमई बैंकले आफ्नो नेतृत्व र कुशल परिचालनमार्फत बलियो उपस्थिति कायम गरेको छ। यो पुरस्कारले बैंकको रणनीतिक दृष्टिकोण र ग्राहककेन्द्रित सेवाप्रति समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.