Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 12:43:44
रसुवा बाढीपछि विद्युत् पुनःस्थापना तीव्र, विदुरका थप क्षेत्रमा बल्यो बिजुली
NEWS

रसुवा बाढीपछि विद्युत् पुनःस्थापना तीव्र, विदुरका थप क्षेत्रमा बल्यो बिजुली

 काठमाण्डौ । रसुवा बाढीले क्षतिग्रस्त बनाएको विद्युत् पूर्वाधार पुनःस्थापना गर्ने अभियानलाई सरकारले तीव्र बनाएको छ। बाढीका कारण लामो समयदेखि विद्युत् सेवा अवरुद्ध रहेका नुवाकोटका थप क्षेत्रमा मंगलबारदेखि बिजुली पुनः सञ्चालनमा आएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुनःस्थापना गरिएको हो।...

गृहमन्त्री गुरुङको भाषणले रास्वपाभित्रै तरंग, नेताहरूले उठाए अहंकार र अभिव्यक्ति स्वतन्त्रताको प्रश्न
NEWS

गृहमन्त्री गुरुङको भाषणले रास्वपाभित्रै तरंग, नेताहरूले उठाए अहंकार र अभिव्यक्ति स्वतन्त्रताको प्रश्न

 काठमाण्डौ । जेनजी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्तिपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै असन्तुष्टि देखिएको छ।कार्यक्रमको स्वरूप, मञ्च व्यवस्थापन र अतिथि चयनबारे प्रश्न उठिरहेका बेला गृहमन्त्री गुरुङको भाषणलाई लिएर रास्वपाका केही नेताले सामाजिक सञ्जालमार्फत परोक्ष तर कडा प्रतिक्रिया दिएका छन्।बालेन सरकारका ८ जना...

अमेरिका–क्यानडा व्यापार युद्ध विस्फोटक मोडमा, मदिरादेखि मोटरसाइकलसम्म रोक
NEWS

अमेरिका–क्यानडा व्यापार युद्ध विस्फोटक मोडमा, मदिरादेखि मोटरसाइकलसम्म रोक

 काठमाण्डौ । अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव थप चर्किएको छ। क्यानडाले अमेरिकी वस्तुमाथि प्रतिशोधात्मक भन्सार महसुल लगाएपछि अमेरिकाले क्यानडाबाट आयात हुने मदिरा, दुग्धजन्य वस्तु, गैरमादक बियर तथा मोटरसाइकललगायत विभिन्न उत्पादनमा आयात प्रतिबन्ध लगाउने घोषणा गरेको छ।बीबीसीलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी...

उखु बेचेर पनि किसानको हात खाली, अन्नपूर्ण चिनी उद्योगसँग अझै २२ करोड बक्यौता
NEWS

उखु बेचेर पनि किसानको हात खाली, अन्नपूर्ण चिनी उद्योगसँग अझै २२ करोड बक्यौता

 काठमाण्डौ । नगदे बाली भनिने उखु सर्लाहीका किसानका लागि फेरि ‘उधारो बाली’ बनेको छ। गत सिजनमा उद्योगलाई उखु बेचेका हजारौँ किसानले छ महिना बितिसक्दा पनि पूर्ण भुक्तानी पाउन सकेका छैनन्।धन्कौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा किसानबाट खरिद गरेको उखुको करिब २२ करोड रुपैयाँ अझै भुक्तानी गर्न बाँकी रहेको देखिएको छ।उद्योगले गत सिजन ३ हजार १८६...

विपद् व्यवस्थापनमा सरकार असफल भएको सांसदहरूको आरोप, प्राधिकरणकै औचित्यमाथि प्रश्न
NEWS

विपद् व्यवस्थापनमा सरकार असफल भएको सांसदहरूको आरोप, प्राधिकरणकै औचित्यमाथि प्रश्न

 काठमाण्डौ । भोटेकोशी बाढीपछिको उद्धार, राहत, बेपत्ताको खोजी र पुनर्वास व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको भन्दै सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लिमा अधिकारी र नीतिमा कार्कीले विपद् व्यवस्थापनका लागि छुट्टै निकाय, बजेट र जनशक्ति हुँदाहुँदै पनि पूर्वतयारीदेखि उद्धार र...

प्रचण्डको प्रश्न– भदौ २४ को विध्वंसका दोषी को हुन् ? एक वर्ष बित्दा पनि किन भएन कारबाही ?
NEWS

प्रचण्डको प्रश्न– भदौ २४ को विध्वंसका दोषी को हुन् ? एक वर्ष बित्दा पनि किन भएन कारबाही ?

 काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते देशभर भएको व्यापक तोडफोड, आगजनी र विध्वंसमा संलग्न वास्तविक दोषीको पहिचान गरी कारबाही गर्न सरकार असफल भएको बताएका छन्।घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै प्रचण्डले केही घण्टामै देशका विभिन्न भागमा देखिएको विध्वंस सामान्य वा स्वतःस्फूर्त घटनामात्र...

२४ भदौलाई सम्झिँदै ओली– राज्य र अर्थतन्त्रको मेरुदण्डमाथि कहालीलाग्दो विध्वंस भएको दिन
NEWS

२४ भदौलाई सम्झिँदै ओली– राज्य र अर्थतन्त्रको मेरुदण्डमाथि कहालीलाग्दो विध्वंस भएको दिन

 काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भदौ २४ गतेलाई नेपालको राज्य संरचना, लोकतान्त्रिक संस्थाहरू र राष्ट्रिय अर्थतन्त्रका लागि ‘कहालीलाग्दो विध्वंस’ भएको दिनका रूपमा स्मरण गरेका छन्।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै ओलीले उक्त घटनाले देशका महत्वपूर्ण राज्य संरचना,...

अमेरिकी सेनाद्वारा पाँच इरानी तेल ट्यांकर ध्वस्त
NEWS

अमेरिकी सेनाद्वारा पाँच इरानी तेल ट्यांकर ध्वस्त

काठमाण्डौ । अमेरिकी सेनाले इरानी रिभोलुसनरी गार्डले अमेरिकी युद्धपोतलाई दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जवाफमा पाँचवटा इरानी कच्चा तेल ट्यांकर ध्वस्त पारेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार उक्त कारबाही मंगलबार गरिएको हो।सेन्टकमका अनुसार इरानी क्षेप्यास्त्र आक्रमणबाट अमेरिकी युद्धपोत सुरक्षित रूपमा जोगिएको थियो भने कुनै पनि अमेरिकी सैनिक...

सुक्खा पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र
NEWS

सुक्खा पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र

काठमाण्डौ । सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गएराति माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गएराति ९ः१० बजे खसेको पहिरोका कारण राजमार्गमा आवागमन ठप्प हुँदा चार दर्जनभन्दा बढी सवारीसाधन अलपत्र परेका छन्।सडक अवरुद्ध...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
NEWS

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाण्डौ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने कार्यसूची रहेको छ।प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्...

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात
NEWS

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ २३ गते साँझ ५ बजेसम्म कोषका नौ वटा नेपाली रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख तथा दुई वटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।अमेरिकी डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले रूपान्तरण गर्दा...

रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
NEWS

रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन् ।मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद्–पश्चात् द्रुत...

सिमकार्डबिनै मोबाइलमा पुग्नेछ विपद्को चेतावनी, ‘सेल ब्रोडकास्टिङ’ कार्यान्वयनको तयारी
NEWS

सिमकार्डबिनै मोबाइलमा पुग्नेछ विपद्को चेतावनी, ‘सेल ब्रोडकास्टिङ’ कार्यान्वयनको तयारी

काठमाण्डौ । बाढी, पहिरो, भूकम्पलगायत विपत्का बेला जोखिममा रहेका नागरिकलाई समयमै सूचना पुर्‍याउन सरकारले मोबाइल नेटवर्कमा आधारित नयाँ चेतावनी प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणले ‘सेल ब्रोडकास्टिङ’ प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन्।यस प्रणाली सञ्चालन...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा धवलागिरि सहकारीको ५ लाख १७ हजार सहयोग
NEWS

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा धवलागिरि सहकारीको ५ लाख १७ हजार सहयोग

काठमाण्डौ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काठमाण्डौको सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।संस्थाका अनुसार उक्त रकममध्ये ५ लाख रुपैयाँ सहकारी संस्थाको तर्फबाट र बाँकी १७ हजार ५ सय रुपैयाँ संस्थाका सञ्चालकहरूको तर्फबाट सहयोग...

कतारका नेपाली व्यवसायीले बाढीपीडितका लागि दिए ३८.२६ लाख
NEWS

कतारका नेपाली व्यवसायीले बाढीपीडितका लागि दिए ३८.२६ लाख

 काठमाण्डौ । कतारमा रहेका नेपाली व्यवसायीहरूको संस्था नेपाली व्यवसायी संघ कतारले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ३८ लाख २६ हजार ३०९ रुपैयाँ आर्थिक सहयोग गरेको छ।संघका अध्यक्ष महेन्द्रप्रसाद चौम्लागाईं, उपाध्यक्ष नरेन्द्र भाट, सचिव सुनिल घिमिरे र सहकोषाध्यक्ष रामकुमार श्रेष्ठसहितको टोलीले व्यवसायीहरूबाट संकलन गरिएको रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई...

रसुवा-भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा शव फेला
NEWS

रसुवा-भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा शव फेला

काठमाण्डौ। रसुवा जिल्लामा रहेको १२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा एक जनाको शव फेला परेको छ।नेपाली सेनाका अनुसार मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनमार्फत खोजी तथा निरीक्षण गर्ने क्रममा एउटा शव फेला परेको हो।हालै आएको बाढीपछि आयोजनामा कार्यरत चार जना व्यक्ति सम्पर्कविहीन रहेका थिए। तीमध्ये एक जनाको शव केबल टनेलमा फेला परेको...

नेपालका लागि नयाँ कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन काठमाडौँमा
NEWS

नेपालका लागि नयाँ कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिन काठमाडौँमा

 काठमाण्डौ । नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिन काठमाडौँ आइपुगेकी छन्।अमेरिकी दूतावासका अनुसार बोल्डिनले आगामी केही महिना नेपालमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्नेछिन्।नेपालमा हालै आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूको सहयोग तथा समग्र प्रतिकार्य र पुनर्लाभ प्रयासमा उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने...

चीनबाट नेपाललाई चौथो चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो
NEWS

चीनबाट नेपाललाई चौथो चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो

काठमाण्डौ। चीन सरकारले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो चरण मंगलबार काठमाण्डौ आइपुगेको छ। चीनको जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२०ए ठूलो क्षमताको ढुवानी विमानमार्फत मंगलबार दिउँसो राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।राहत सामग्री हस्तान्तरणसम्बन्धी कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङ र...

इतिहास फेरेर फेरिँदैन : गृहमन्त्री गुरुङको पुराना दललाई कडा चेतावनी
NEWS

इतिहास फेरेर फेरिँदैन : गृहमन्त्री गुरुङको पुराना दललाई कडा चेतावनी

 काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दल र नेताहरूलाई जेनजी आन्दोलनको अपमान नगर्न चेतावनी दिएका छन्। जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको इतिहासलाई आफ्नो अनुकूल व्याख्या गरेर परिवर्तन गर्न नखोज्न आग्रह गरे।गुरुङले जेनजी आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीकै अपमान गर्नु सरह हुने बताए।‘अझै पनि पुराना...

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन
NEWS

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन

 काठमाण्डौ । भोटेकोसी बाढीपछि रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेको तथ्यांक सार्वजनिक भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म कुल ५ हजार ३२६ जना सम्पर्कविहीन छन्। त्यसमध्ये आधाभन्दा बढी अर्थात् २ हजार ८६० जना रसुवाबाट मात्रै सम्पर्कविहीन भएका हुन्।रसुवाबाट सम्पर्कविहीन हुनेमा १ हजार ३९३ जना स्थानीय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.