आइभोरी कोस्टको विजयी शुरुवात, इक्वेडरको १९ खेलको अपराजित यात्रा अन्त्य
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमै आइभोरी कोस्टले प्रभावशाली प्रदर्शन गर्दै दक्षिण अमेरिकी टोली इक्वेडरलाई १–० ले पराजित गरेको छ। अमेरिकाको फिलाडेल्फियामा सम्पन्न खेलमा अन्तिम समयमा गरिएको गोल नै अफ्रिकी टोलीका लागि निर्णायक बन्यो।

