पार्टी सदस्यहरूलाई पत्र लेख्दै ओलीले भने, ‘बहुमत ल्याउन लाग्नुस्’
काठमाण्डौ । नेकपा एमालेले आगामी चुनावमा पार्टीको बहुमत सुनिश्चित गर्न आफ्ना सदस्यहरूलाई सक्रिय हुन अपिल गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा तयार पारिएको पत्र मार्फत एमालेले उम्मेदवारहरूको विजय सुनिश्चित गर्न उच्च मनोबल र सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

