बुधबार, कार्तिक १८,२०८३ 10:11:49
  • बुधबार, कार्तिक १८,२०८३ 10:11:49
Global IME Bank Limited

निक्षेप सुरक्षण कोषको नेतृत्वमा पिताम्बर भण्डारी, मौद्रिक व्यवस्थापनको अनुभव अब निक्षेप सुरक्षामा

Bizshala
निक्षेप सुरक्षण कोषको नेतृत्वमा पिताम्बर भण्डारी, मौद्रिक व्यवस्थापनको अनुभव अब निक्षेप सुरक्षामा
New Office

काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ। केन्द्रीय बैंकमा करिब २५ वर्ष काम गरेका भण्डारीले अब नागरिकको निक्षेप सुरक्षासँग जोडिएको संस्थाको नेतृत्व सम्हाल्ने भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई नियुक्त गरेको हो। बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई नियुक्तिपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अर्थमन्त्री वाग्लेले संस्थाको गरिमा कायम राख्दै नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा प्रतिबद्ध भएर काम गर्न निर्देशन दिए।

भण्डारीका लागि कोषको जिम्मेवारी पूर्णतः नयाँ भने होइन। उपलब्ध व्यक्तिगत विवरणअनुसार उनी सन् २०१९ जुलाईदेखि २०२० अगस्टसम्म कोषको सञ्चालक समिति सदस्य थिए। त्यसबेला नीतिगत निर्णयमा सहभागी भण्डारी अब कार्यकारी नेतृत्वमा पुगेका छन्।

उनको व्यावसायिक अनुभवको मुख्य आधार मौद्रिक व्यवस्थापन, वित्तीय संस्थाको सुपरिवेक्षण र आर्थिक अनुसन्धान हो। सन् २००० जुनमा सहायक निर्देशकका रूपमा राष्ट्र बैंक प्रवेश गरेका भण्डारीले सन् २०२५ अप्रिलसम्म विभिन्न जिम्मेवारी सम्हालेका थिए।

Garima Development Bank
Bizshala
IME remit

सन् २०१८ अप्रिलमा कार्यकारी निर्देशक बनेका उनले संस्थागत योजना तथा जोखिम व्यवस्थापन, जनशक्ति व्यवस्थापन, वित्तीय संस्था सुपरिवेक्षण र मौद्रिक व्यवस्थापन विभागको नेतृत्व गरेका थिए। राष्ट्र बैंकमा उनको पछिल्लो जिम्मेवारी गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमा थियो।

विशेषगरी सन् २०२२ जनवरीदेखि २०२५ मार्चसम्म मौद्रिक व्यवस्थापन विभागको नेतृत्व गरेको अनुभव उनको नयाँ जिम्मेवारीका लागि सान्दर्भिक देखिन्छ। वित्तीय प्रणालीको तरलता, संस्थाहरूको अवस्था र जोखिमबीचको सम्बन्धबारे हासिल अनुभवलाई कोषको क्षमता विकासमा उपयोग गर्ने अवसर उनीसँग छ।

भण्डारीले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा लामो समय काम गरेका छन्। उनको कार्यक्षेत्रमा मौद्रिक नीति, समष्टिगत विवेकशील नीति, मुद्रा तथा पुँजीबजार, आर्थिक वृद्धि, अन्तर्राष्ट्रिय व्यापार, शोधनान्तर र सरकारी वित्तलगायत विषय समेटिएका थिए। उनले राष्ट्र बैंकको जनकपुर कार्यालयको प्रबन्धक तथा नेपालगञ्ज कार्यालयको उपप्रबन्धकको जिम्मेवारीसमेत सम्हालेका थिए।

केन्द्रीय बैंकबाहिर पनि उनी विभिन्न वित्तीय संस्थाको सञ्चालकीय भूमिकामा रहे। सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्म नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेका भण्डारी नेपाल ग्रामीण विकास बैंकको सञ्चालकसमेत बनेका थिए। पाँच क्षेत्रीय ग्रामीण विकास बैंकको संयुक्त मर्जर समितिमा काम गरेका उनी मध्याञ्चल ग्रामीण विकास बैंकको व्यवस्थापन टोलीका संयोजक पनि थिए।

शैक्षिक रूपमा भण्डारी अर्थशास्त्रका स्वर्णपदक विजेता हुन्। उनले सन् १९९६ मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्दा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरेका थिए। त्यसबापत उनले महेन्द्र विद्याभूषण ‘ख’, तारापद चौधरी स्वर्णपदक र खगेन्द्रमान सिंह प्रधान स्वर्णपदक प्राप्त गरेका थिए।

उनले सन् २००६ मा बेलायतको ब्राडफोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा एमएस्सीसमेत गरेका छन्। राष्ट्र बैंक प्रवेश गर्नुअघि सन् १९९८ देखि २००० सम्म पाटन बहुमुखी क्याम्पसमा सहायक प्राध्यापकका रूपमा अध्यापन गरेका थिए।

नेपालको सम्भावित उत्पादन तथा उत्पादन अन्तर र सङ्कटपछिको लगानीसम्बन्धी उनका अनुसन्धान प्रकाशित छन्। उनले अन्तर्राष्ट्रिय मुद्रा कोष, फेडरल रिजर्भ बैंक अफ न्यूयोर्क, स्विस नेसनल बैंक तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका आर्थिक नीति र केन्द्रीय बैंक व्यवस्थापनसम्बन्धी तालिममा सहभागिता जनाएका छन्।

अब भण्डारीसामु मौद्रिक नीति र सुपरिवेक्षणको अनुभवलाई निक्षेप तथा कर्जा सुरक्षणको प्रभावकारी व्यवस्थापनमा रूपान्तरण गर्ने जिम्मेवारी छ। कोषको पूर्वसञ्चालकका रूपमा संस्थासँगको परिचय र वित्तीय जोखिमबारेको अनुभव उनका आधार हुन्। ती आधारलाई संस्थागत क्षमता, प्रभावकारी सेवा र नागरिकको विश्वास बलियो बनाउने काममा कसरी उतार्छन् भन्नेले उनको कार्यकालको दिशा तय गर्नेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.