• शनिबार, भाद्र २८,२०८२ 06:32:55
सुशीला कार्कीले भनिन्-'जेनजीले मलाई विश्वास गरे, म नेतृत्वका लागि तयार छु'
ECONOMY& POLITICS

सुशीला कार्कीले भनिन्-'जेनजीले मलाई विश्वास गरे, म नेतृत्वका लागि तयार छु'

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताको उत्साहपूर्ण समर्थन प्राप्त भएकाले चुनावी सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताएकी छिन्।भारतीय समाचार च्यानल न्युज-१८ सँग कुरा गर्दै उनले जेनजी आन्दोलनपछि बनेको परिस्थितिमा सरकारको नेतृत्व लिन आफू तयार रहेको खुलासा गरिन्।

जंगीअड्डामा दिनभर प्रधानमन्त्री माग्नेको लर्को, सेनाले माइकिङ गरेर भन्यो-'आज घर जानुस्, भोलि आउनुहोला'
NEWS

जंगीअड्डामा दिनभर प्रधानमन्त्री माग्नेको लर्को, सेनाले माइकिङ गरेर भन्यो-'आज घर जानुस्, भोलि आउनुहोला'

काठमाण्डौ । नेपाली सेनाको जंगीअड्डामा आफूलाई प्रधानमन्त्री बनाइदिन माग गर्दै जानेहरुको बुधबार लर्को नै चल्यो ।  यो लर्कोमा महावीर पुन, दुर्गा प्रसाईदेखि हर्क साम्पांगसम्म देखिए ।  दिनभरजसो सैनिक नेतृत्व अब बन्ने अन्तरिम सरकार प्रमुखको खोजीका लागि विभिन्न समूहसँग वार्तामा व्यस्त रह्यो । 

दुर्गा प्रसाईले भने-'सुशीला र बालेन तयार नहुने हो भने म आउँछु'
NEWS

दुर्गा प्रसाईले भने-'सुशीला र बालेन तयार नहुने हो भने म आउँछु'

काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।  प्रधान सेनापति अशोक सिग्देलसँग आज दिउँसो भेट गरेको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले बालेन शाह वा सुशीला कार्कीमध्ये जो नेतृत्व गर्न तयार भए पनि आफूलाई त्यो स्वीकार हुने, तर उनीहरु तयार नभए देशलाई निकास दिन आफू नेतृत्वका लागि तयार रहेको बताएका हुन् । 

सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग
ECONOMY& POLITICS

सुशीला कार्कीको नामप्रति असहमति जनाउँदै जंगीअड्डा अगाडि नाराबाजी, बालेन/हर्क जस्ता युवा ल्याइनुपर्ने माग

काठमाण्डौ । जेनजीको विभिन्न समूहबीच अन्तरिम सरकारको प्रमुखको रुपमा अगाडि बढाउने नामको विषयमा आपसी असहमति देखिएको छ ।  जेनजीको एउटा ठूलो समूहले अन्तरिम सरकारको प्रमुखको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि बढाउनुपर्ने निर्णय गर्दै सोही व्यहोराको जानकारी नेपाली सेनालाई पठाइसकेको छ । 

अन्तरिम सरकारको नेतृत्व लिन जेन-जीले गरेको प्रस्ताव सुशीला कार्कीद्वारा स्वीकार, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्लिन् ?
ECONOMY& POLITICS

अन्तरिम सरकारको नेतृत्व लिन जेन-जीले गरेको प्रस्ताव सुशीला कार्कीद्वारा स्वीकार, पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्लिन् ?

काठमाण्डौ । नयाँ परिस्थितिसँगै बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छिन् ।  प्रधानसेनापति अशोक सिग्देलसँग विभिन्न चरणको वार्तामा सहभागी भइसकेका जेन-जी प्रतिनिधिहरुले आफूहरुको भर्चुअल बैठकबाट कार्कीको नाममा सहमति जुटाएको र सो विषय कार्कीलाई जानकारी गराएपछि उनी अन्तरिम सरकारको नेतृत्व लिन तयार भएकी हुन् । 

रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक
ECONOMY& POLITICS

रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठक आज राती ८ बजेदेखि भर्चुअल माध्यमबाट बस्नेगरी बोलाइएको हो ।  

जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति
NEWS

जेनजीको कैयन कल बालेनले उठाएनन्, त्यसपछि सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति

काठमाण्डौ । जेनजीको भर्चुअल बैठकमा सहभागीहरुले अन्तरिम सरकारको सम्भावित प्रधानमन्त्रीको रुपमा चर्चा गरिएका बालेन शाहले कैयौ पटक फोन गर्दा पनि रेसपोन्स नगरेको गुनासो गरेका छन् ।  जेनजीको भर्चुअल बैठकको संक्षिप्त माइन्यूट सार्वजनिक भएको हो । जसमा भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहको धारणा बुझ्न पटक पटक कल गर्दा पनि उनले फोन रेसपोन्स नगरेका दाबी गरिएको छ । 

एउटै वार्ता टोली बनाउन सकेनन् जेनजीले, अन्तरिम सरकार प्रमुख र्‍याण्डम नेपाली वा सुशीला कार्कीलाई बनाउनुपर्ने मत
ECONOMY& POLITICS

एउटै वार्ता टोली बनाउन सकेनन् जेनजीले, अन्तरिम सरकार प्रमुख र्‍याण्डम नेपाली वा सुशीला कार्कीलाई बनाउनुपर्ने मत

काठमाण्डौ । जेनजीले नेपाली सेनासँग निर्णायक वार्तामा बस्नका लागि एउटै वार्ता टोली बनाउन, अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंग्याउन र जेनजीको नेतृत्व कसले गर्ने भन्ने विषयमा निश्कर्ष निकाल्न नसकेपछि अन्यौल बढेको छ ।  जेनजी नामको आन्दोलनमा सहभागी दर्जनौ समूहहरुले आफूहरु आधिकारिक समूह भएको दाबी गर्दै नेपाली सेनासम्म छलफलका लागि प्रस्तावहरु पुर्याएका छन् ।...

काठमाण्डौ आईपुगे हर्क साम्पाङ, भन्छन्, ‘सिंहदरबारलाई सेवा केन्द्र नामाकरण गरौं’
ECONOMY& POLITICS

काठमाण्डौ आईपुगे हर्क साम्पाङ, भन्छन्, ‘सिंहदरबारलाई सेवा केन्द्र नामाकरण गरौं’

काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाण्डौ आईपुगेका छन् । जेनजी प्रदर्शनका कारण सिर्जित विषम परिस्थितीकाबीच मेयर साम्पाङ आज काठमाण्डौ आई पुगेका हुन् ।  उनले फेसबुकमार्फ आफू राजधानी आईपुगेको जानकारी दिएका छन् ।  

प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपासँगै वार्तामा बस्न दबाब दिए : जेनजी अभियन्ता
ECONOMY& POLITICS

प्रधानसेनापतिले दुर्गा प्रसाई र रास्वपासँगै वार्तामा बस्न दबाब दिए : जेनजी अभियन्ता

काठमाण्डौ । जेनजी अभियन्ताले रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले आफूहरुलाई दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न दबाब दिएको बताएकि छन् । उनले फेसबुकमा एउटा स्टाटस पोष्ट गर्दै यस्तो बताएकि हुन् ।  दुर्गा प्रसाईं र रास्वपा समूह पनि प्रदर्शनको स्टेकहोल्डर भएकाले उनीहरुसँग पनि वार्तामा सँगै बस्नुपर्ने प्रधानसेनापति सिग्देलले बताएपछि आफूहरु नेपाली...

जेनजी प्रतिनिधिसँगै जंगीअड्डा पुगे दुर्गा प्रसाईं
ECONOMY& POLITICS

जेनजी प्रतिनिधिसँगै जंगीअड्डा पुगे दुर्गा प्रसाईं

काठमाण्डौ । जेनजी प्रतिनिधिसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन् । जेनजी समूहका १५/१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको छ । उक्त प्रतिनिधि मण्डलसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा पुगेका हुन् ।  

नरेन्द्र मोदी भन्छन्, ‘नेपालमा युवाले ज्यान गुमाउँदा विचलित छु, स्थिरता, शान्ति र समृद्धि महत्वपूर्ण’
ECONOMY& POLITICS

नरेन्द्र मोदी भन्छन्, ‘नेपालमा युवाले ज्यान गुमाउँदा विचलित छु, स्थिरता, शान्ति र समृद्धि महत्वपूर्ण’

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको विरोध प्रदर्शन र प्रदर्शनकारीको मृत्युलाई हृदयविदारक भएको बताएका छन् ।उनले एक्समा पोस्ट गर्दै मा लेखेका छन्, ‘‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु...

जेनजीसँग आज वार्ता हुँदै, सेनाले माग्यो प्रतिनिधिको नाम
ECONOMY& POLITICS

जेनजीसँग आज वार्ता हुँदै, सेनाले माग्यो प्रतिनिधिको नाम

काठमाण्ठौ । नेपाली सेनाले वार्तामा बस्नका लागि जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। सेनाले बुधबार बिहान ८ बजेभित्र नाम उपलब्ध गराउन जेनजी समूहसँग आग्रह गरेको छ ।  

जेलबाट निस्किएका रविले भने-'देश अब जेनजीको सपनाअनुसार अघि बढ्छ'
ECONOMY& POLITICS

जेलबाट निस्किएका रविले भने-'देश अब जेनजीको सपनाअनुसार अघि बढ्छ'

काठमाण्डौ । आन्दोलनकारीको दबाबमा आज कारागारबाट रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशवासीका नाममा एक अपील जारी गरेका छन्।  

बालुवाटारबाट कहाँ भागे ओली: सैनिक ब्यारेकमा छन् कि भारत पुगे ?
NEWS

बालुवाटारबाट कहाँ भागे ओली: सैनिक ब्यारेकमा छन् कि भारत पुगे ?

काठमाण्डौ । जेनजीहरु बुढानिलकण्ठस्थित प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासभित्र छिरेर तोडफोड मच्चाए र आगजनी गरे । सुरक्षाकर्मीले उनीहरुलाई रोक्न नसकेपछि देउवा र उनकी पत्नी आरजूमाथि आक्रमण भयो । उनीहरु दुवैलाई प्रदर्शनकारीले रगताम्य हुने गरी कुटपिट गरे र सुरक्षाकर्मीको जिम्मा लगाए । जब यो खबर सुरक्षा निकायमार्फत प्रधानमन्त्री केपी...

जेनजी प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्ताको टेबलमा बस्न राष्ट्रपति पौडेलको सुझाव
ECONOMY& POLITICS

जेनजी प्रतिनिधिसहित सबै सरोकारवालासँग वार्ताको टेबलमा बस्न राष्ट्रपति पौडेलको सुझाव

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा उत्पन्न संकटलाई संवाद र सहमतिबाट समाधान गर्न सबैलाई वार्ताको टेबलमा आउन आह्वान गरेका छन्।

२६ घण्टामै ‘राज्य कब्जा’: जेनजी आन्दोलनले पल्टाइदियो पुरानो सत्ता संरचनाको एक-एक तख्ता
ECONOMY& POLITICS

२६ घण्टामै ‘राज्य कब्जा’: जेनजी आन्दोलनले पल्टाइदियो पुरानो सत्ता संरचनाको एक-एक तख्ता

काठमाण्डौ । जेनजी आन्दोलन सुरु भएको २६ घण्टा नपुग्दै प्रदर्शनकारीहरूले सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालतदेखि शीतल निवाससम्म कब्जा गरेका छन्। संसद भवन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको आगजनीले अब केवल सडक आन्दोलन मात्र नभई राज्यको केन्द्रीय संरचना नै प्रत्यक्ष चुनौतीमा परेको देखाएको छ।

ओलीको राजीनामा स्वीकृत, जेनजी आन्दोलनको बीचमा राजनीतिक हलचल
ECONOMY& POLITICS

ओलीको राजीनामा स्वीकृत, जेनजी आन्दोलनको बीचमा राजनीतिक हलचल

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेका हुन्।

केपी ओलीले दिए राजीनामा
ECONOMY& POLITICS

केपी ओलीले दिए राजीनामा

काठमाण्डौ । जेन जीको आन्दोलन उग्र भई नियन्त्रणबाहिर पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।  ओली सचिवालयका एक सदस्यका अनुसार उनले राजीनामा दिएका हुन् । यसको औपचारिक जानकारी केहीबेरपछि दिइने तयारी भएको छ । 

रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिए
ECONOMY& POLITICS

रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिए

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान जाने घटनापछि रास्वपाले यस्तो कदम चालेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.