बिहीबार, श्रावण २१,२०८३ 09:37:16
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 09:37:16
Bizshala
Global IME Bank Limited

राष्ट्रियसभाको बैठक आज, गृहमन्त्री र सामाजिक सुरक्षामन्त्रीले जवाफ दिने

राष्ट्रियसभाको बैठक आज, गृहमन्त्री र सामाजिक सुरक्षामन्त्रीले जवाफ दिने
New Office

काठमाण्डौ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सिता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

आज विभिन्न पाँच संसदीय समितिको बैठक पनि बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी त्यसमाथि छलफल गरिनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगतिका विषयमा आयोगका पदाधिकारीसँग छलफल हुने कार्यसूची रहेको छ। यो बैठक पनि बिहान ११ बजे बस्नेछ।

अपराह्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुने कार्यक्रम छ। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पनि पेस गरिनेछ।

बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाबारे छलफल हुनेछ।

यस्तै, अपराह्न २ः३० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.