काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुट सुविधाअन्तर्गत उनी डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
रायमाझीलाई रिहा गर्न काठमाडौं जिल्ला अदालतले तिहारअघि नै संशोधित कैदीपुर्जी पठाएको थियो । ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने कानुनी व्यवस्थाअनुसार उनलाई रिहा गरिएको कारागार प्रशासनले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।