काठमाडौं। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि कम्पनीको शेयर मूल्यमा तीव्र गिरावट आएको छ। यसैबीच, उसको प्रमुख प्रतिस्पर्धी चिप निर्माता कम्पनी एएमडीको शेयर मूल्य भने बढेको छ।
अमेरिकाको क्यालिफोर्नियास्थित एएमडीको शेयर पछिल्लो पाँच दिनमा २१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
एनभिडियासम्बन्धी अनिश्चितताका कारण लगानीकर्ताहरू अन्य प्रविधि कम्पनीका शेयरतर्फ आकर्षित हुँदा एएमडीले फाइदा पाएको देखिएको छ।
एएमडीले ग्राफिक्स प्रोसेसर तथा ठूला डेटा सेन्टरमा प्रयोग हुने कृत्रिम बुद्धिमत्ता (एआई) चिपको बजारमा एनभिडियासँग प्रतिस्पर्धा गर्दै आएको छ। एआई प्रविधिको विकासमा यस्ता डेटा सेन्टरको महत्त्वपूर्ण भूमिका हुन्छ। यद्यपि, बजार आकारका हिसाबले एएमडी अझै पनि एनभिडियाभन्दा निकै सानो कम्पनी हो।
एएमडीकी प्रमुख कार्यकारी अधिकृत लिसा सु र एनभिडियाका प्रमुख जेन्सेन हुआङ टाढाका नातेदार हुन्। दुवैको जन्म ताइवानमा भएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।