मंगलवार, कार्तिक १७,२०८३ 06:16:16
  • मंगलवार, कार्तिक १७,२०८३ 06:16:17
Global IME Bank Limited

एकै दिन ९ अर्ब डलरले बढ्यो अम्बानीको सम्पत्ति, चिनियाँ अर्बपतिलाई उछिन्दै फेरि बने एशियाकै धनी

Bizshala
एकै दिन ९ अर्ब डलरले बढ्यो अम्बानीको सम्पत्ति, चिनियाँ अर्बपतिलाई उछिन्दै फेरि बने एशियाकै धनी
New Office

काठमाडौं । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फेरि एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

रिलायन्स इन्डस्ट्रिजको सेयरमा आएको तीव्र उछालसँगै अम्बानीको सम्पत्ति एकै दिन करिब ९ अर्ब अमेरिकी डलरले बढेको हो । त्यसपछि उनले बाइटडान्सका सहसंस्थापक तथा चिनियाँ अर्बपति झाङ यिमिङलाई उछिन्दै एशियाको सबैभन्दा धनी व्यक्तिको स्थान पुनः कब्जा गरेका छन् ।

सोमबार रिलायन्स इन्डस्ट्रिजको सेयर अघिल्लो कारोबार दिनको १ हजार १६४.९० भारुबाट बढेर १ हजार २२८ भारुमा खुलेको थियो । कारोबार बन्द हुँदा कम्पनीको सेयर ११.६० प्रतिशतले बढेर १ हजार ३०० भारु पुगेको थियो ।

सेयरमा आएको यही उछालले रिलायन्स इन्डस्ट्रिजको बजार पूँजीकरण पनि बढेर १७.५७ लाख करोड भारु पुगेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य भने १ हजार ६११.८० भारु रहेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

रिलायन्सको सेयर मूल्यमा आएको तीव्र वृद्धिको प्रत्यक्ष असर अम्बानीको नेटवर्थमा परेको हो । फोर्ब्सको रियल टाइम बिलियनेयर्स सूचीअनुसार अम्बानीको सम्पत्ति एकै दिन करिब १०.५ प्रतिशतले बढेर लगभग ८९ अर्ब अमेरिकी डलर पुगेको छ । उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा २३औं स्थानमा उक्लिएका छन् ।

उता झाङ यिमिङको सम्पत्ति करिब ८४ अर्ब अमेरिकी डलर रहेको छ र उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा २५औं स्थानमा छन् ।

Garima Development Bank
Bizshala
IME remit

अम्बानीको सम्पत्तिमा आएको यो उछाल रिलायन्सको सेयर र्‍यालीसँग प्रत्यक्ष जोडिएको छ । सोमबार भारतीय सेयरबजारमा पनि उत्साह देखिएको थियो र रिलायन्सको सेयरले बजारको समग्र वृद्धिमा ठूलो योगदान दिएको थियो ।

यससँगै एकै दिनको सेयर मूल्य वृद्धिले विश्वका अर्बपतिहरूको सम्पत्ति र वरीयता कति तीव्र रूपमा बदलिन सक्छ भन्ने अर्को उदाहरण देखिएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.