काठमाण्डौ । रसुवा जिल्लाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीपछि ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत एक कर्मचारी सम्पर्कविहीन भएका छन्।
बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै टिमुरे शाखामा कार्यरत कर्मचारी फूर्पा मोक्तानसँग बाढी आएपछि हालसम्म सम्पर्क हुन नसकेको जनाएको छ।
बैंकका अनुसार उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको ग्लोबल आइएमई बैंकको शाखा वा बैंकले उपलब्ध गराएको सम्पर्क नम्बरमा जानकारी गराउन अनुरोध गरिएको छ।
बैंकले मोक्तानको अवस्थाबारे जानकारी प्राप्त गर्ने जोकोहीलाई ९८५१०९१५२२ वा ९८५१०२४१९० मा सम्पर्क गरिदिन आग्रह गरेको छ।
टिमुरे क्षेत्रमा आएको बाढीका कारण जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेका बेला बैंकका कर्मचारीसमेत सम्पर्कविहीन भएपछि बैंकले उनको अवस्थाबारे जानकारीका लागि सार्वजनिक अपिल गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।