आईतवार, मंसिर १३,२०८३ 08:40:31
  • आईतवार, मंसिर १३,२०८३ 08:40:31
Global IME Bank Limited

पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको साथ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रायोजन

Bizshala
पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको साथ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रायोजन
New Office

काठमाण्डौ । शिवम् सिमेन्टले नेपाली पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रायोजन गर्ने भएको छ।

सन् २०१७ देखि पावरलिफ्टिङ खेलमा सक्रिय श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्।

श्रेष्ठले सन् २०२५ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। उक्त प्रतियोगितामा उनले स्क्वाट तथा डेडलिफ्टमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए।

त्यस्तै, उनले एनवाईएफसी क्लासिक २०२४ र प्रथम भ्याली लेभल ओपन पावरलिफ्टिङ च्याम्पियनसिप २०२४ मा पनि स्वर्ण पदक जितेका थिए।

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

उनले बेन्च प्रेसमा १८० केजी रेकर्ड तथा पावरलिफ्टिङमा कुल ७८१ केजीको रेकर्ड कायम गरेको कम्पनीले जनाएको छ। यसबाहेक दुबई नेसनल रेकर्डसहित ८३ केजीमुनिको तौल समूहदेखि पुरुष १२० केजी तौल समूहसम्म विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्।

नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स (एनवाईएफसी) द्वारा आयोजित विभिन्न प्रतियोगितामा समेत श्रेष्ठले निरन्तर सफलता हासिल गर्दै आएका छन्।

श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणको सम्मानस्वरूप आगामी खेल यात्रालाई थप सहज बनाउन प्रायोजन गरिएको शिवम् सिमेन्टले जनाएको छ।

कम्पनीका अनुसार गुणस्तर र मजबुतीलाई आफ्नो पहिचान बनाएको शिवम् सिमेन्टले श्रेष्ठको शक्ति, आत्मविश्वास र दृढतालाई आफ्नो ब्रान्डको मूल विशेषतासँग जोडेर हेरेको छ।

शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट तथा म्याराथनलगायत विभिन्न खेलकुद गतिविधिमा सहयोग गर्दै आएको छ।

खेलकुदमार्फत युवामा ऊर्जा, अनुशासन, आत्मविश्वास र राष्ट्रिय एकताको भावना विकास गर्ने उद्देश्यले नेपाली खेलकुद तथा खेलाडीहरूको प्रवर्द्धनमा निरन्तर सहयोग गर्ने कम्पनीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.