मंगलवार, आश्विन १३,२०८३ 09:35:44
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:35:44
Bizshala
Global IME Bank Limited

आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार र लगानी सहकार्यमा संवाद

Bizshala
आइएमई ग्रुपमा कतारको व्यवसायिक प्रतिनिधिमण्डल, व्यापार र लगानी सहकार्यमा संवाद
New Office

काठमाण्डौ । नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई आज आइएमई ग्रुपमा स्वागत गर्दै नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।

सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्रुपको समग्र पोर्टफोलियो तथा लगानी विस्तारका विषयमा प्रतिनिधिमण्डललाई विस्तृत जानकारी गराए। अध्यक्ष ढकालले रेमिटेन्स, बैंकिङ, बीमा, सूचना प्रविधि, ऊर्जा, पर्यटन तथा हस्पिटालिटी, उद्योग, व्यापार, अटोमोटिभ, खेलकुद र शिक्षा लगायतका विविध क्षेत्रहरूमा आइएमई ग्रुपले गरिरहेको लगानी विस्तार, उपलब्ध सेवा तथा सहकार्यका अवसरबारे जानकारी दिनुभयो। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, नेपालमा लगानी विस्तार गर्दा छिमेकी चीन, भारत र बंगलादेशजस्ता ठूला बजारसम्म सहज पहुँच हुने भएकाले नेपालमा उल्लेखनीय लगानी सम्भावना रहेकोतर्फ पनि उनले प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराए।

नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सरकार तथा निजी क्षेत्रका विभिन्न निकायहरूसँग दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ तथा लगानी प्रवर्द्धन, साथै द्विपक्षीय लगानी र सहकार्यका विषयमा छलफल गरिरहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.