शुक्रबार, कार्तिक २०,२०८३ 12:13:37
  • शुक्रबार, कार्तिक २०,२०८३ 12:13:37
Global IME Bank Limited

म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

Bizshala
म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी
New Office

काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत चार विजेतालाई तीन मोटरसाइकल र एक स्कुटर हस्तान्तरण गरेको छ । काठमाण्डौ र विराटनगरमा आयोजित ‘एक्स्ट्रिम फ्यानजोन’ कार्यक्रममा विजेतालाई पुरस्कार दिइएको कम्पनीले जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

काठमाण्डौको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण हेर्ने स्थलमा आयोजित कार्यक्रममा काठमाण्डौका सुमन कर्माचार्य र विनोद ढुंगेलले मोटरसाइकल प्राप्त गरे । दुवैले म्याक्स टाइगरको क्यानको बिर्कोमार्फत मोटरसाइकल जितेका थिए ।

विराटनगरको पुरानो गुद्रीमा आयोजित कार्यक्रममा धरानका अनोजकुमार अधिकारीलाई स्कुटर र विराटनगरका विनोद पोखरेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

Garima Development Bank
Bizshala
IME remit

कम्पनीका अनुसार अभियानमा हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितेका छन् । अभियानअन्तर्गत अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कारमा एउटा प्रोटोन कार जित्ने अवसर बाँकी छ ।

कम्पनीले एनपीएलको प्रत्यक्ष प्रसारण हुने ‘एक्स्ट्रिम फ्यानजोन’ कार्यक्रममार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रमलाई निरन्तरता दिने जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.