काठमाण्डौ । दशैंमा नयाँ मोटरसाइकल र स्कुटर जितेपछि म्याक्स टाइगर इनर्जी ड्रिंकका तीन उपभोक्ताका लागि यसपटकको चाड विशेष बनेको छ। कम्पनीको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुमार राज र धादिङको गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका हुन्।
कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका उनीहरूले क्यान खोल्दा पुरस्कार जितेको थाहा पाएका थिए। अभियानको सुरुवाती चरणमै फरक स्थानका तीन उपभोक्ता विजेता बनेका छन्।
धादिङका विजेता रिमालले क्यान खोल्दा मोटरसाइकलजस्तो ठूलो पुरस्कार पाउने कल्पना नगरेको बताए। ‘क्यान खोल्दा यस्तो ठूलो सरप्राइज पाइएला भन्ने सोचेको थिइनँ। पुरस्कार जितेको थाहा पाउँदा एकछिन विश्वासै लागेन। यसपालिको दशैं म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदियो,’ उनले भने।
यस अभियानमा मोटरसाइकल र स्कुटरसँगै कारसमेत पुरस्कार राखिएको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कुल १८ जना उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र थप १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। एक जनाका लागि बम्पर पुरस्कारका रूपमा प्रोटोन कार राखिएको छ। यसरी अभियानमा कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा समावेश छन्।
म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रमबाट यो अभियान घोषणा गरेको थियो। चाडपर्वको अवसरमा उपभोक्तालाई पुरस्कारसँगै उत्साह र सम्झनलायक अनुभव प्रदान गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।
तीन जना विजेता सार्वजनिक भइसके पनि अभियान अझै जारी रहेको कम्पनीको भनाइ छ। बाँकी पुरस्कार जित्ने अवसर खुला रहेको जनाउँदै कम्पनीले आगामी दिनमा थप विजेता सार्वजनिक हुने अपेक्षा गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।